0 COMMENTS

मिति २०८१ साल श्रावण ३१ गते/महिला पतञ्जली योग समिति नेपाल काठमाडौँ जिल्ला अन्तर्गत, जिल्लाका सबै नगरहरूमा महिला पतञ्जली नगर योग समितिको गठन भए जस्तै तारकेश्वरको पनि सूर्योदय योग साधना केन्द्र त्रिवेणी बैनक्युटको हलमा महिला पदाधिकारीहरूको गठन सहीत घोषणा कार्यक्रम सम्पन्न भएको छ।प्रत्येक व्यक्ति समक्ष योगलाई पुर्‍याउने र स्वस्थ समाजको निर्माण गर्ने लक्ष्य सहित यी समितिहरूले सम्भव भएसम्म आफ्नो क्षेत्रमा नयाँ साधना केन्द्र खोल्न र खुलेका साधना केन्द्रहरुलाई निरन्तरताका साथ सञ्चालन गरी नगरभरी योगको लहर फैलाउदै साधक साधिकाहरूको सङ्ख्यामा वृद्धि गर्न सघाउ पुर्याउनेछ।तारकेश्वर नगरभित्र रहेका १७ वटा साधना केन्द्रहरूबाट एक एक सदस्य रहने गरी चयन गरिएको यो समितिमा १७ जना पदाधिकारीहरू रहेका छन्।

महिला पतञ्जली योग समिति काठमाडौँ जिल्ला अध्यक्ष ममता पाण्डेको अध्यक्षतामा गरिएको यो कार्यक्रममा पतञ्जलि योग समिति काठमाडौँ जिल्ला अध्क्षय , नगर संयोजक , महिला पतञ्जली योग समिति काठमाडौँ जिल्लाका सदस्यहरू लगायत साधना केन्द्रका संयोजक, सह शिक्षक र साधक साधि काहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।