0 COMMENTS

अरुको तुलना हैन, आफैलाई तौलिनेकी जस्तो लाग्यो।
अरुलाई औंल्याउने हैन, आफैलाई सुधार्नेकि जस्तो लाग्यो ।।१।।

अरु के भैराखेका छन् भनि हेर्ने हैन, मेरो अवस्था के छ भनि आफैलाई प्रश्न गर्नु पर्छ कि जस्तो लाग्यो।
अरुको अवगुणलाई हेर्ने हैन, आफुलाई गुणले भर्नु पर्छ कि जस्तो लाग्यो ।।२।।

अरुलाई परिवर्तन गर्ने हैन, आफु परिवर्तन हुनु पर्छ कि जस्तो लाग्यो।
अर्काको चरित्रको हत्या गर्ने हैन, आफ्नो चरित्र बनाउनु पर्छ कि जस्तो लाग्यो ।।३।।

अरुको भ्रम र संखामा फस्ने हैन, यो दलदलबाट आफै जोगिन्नु पर्छ कि जस्तो लाग्यो ।
अरुको घमण्ड र अभिमानलाई हेर्ने हैन, आफुलाई त्यसबाट टाढा राख्नु पर्छ कि जस्तो लाग्यो ।।४।।

अरुको गल्ति हेर्ने हैन, आफ्नै गल्ति औल्याउनु पर्छ कि जस्तो लाग्यो।
यहि हो ठुलो परिवर्तन भनि स्विकार्नु पर्छ कि जस्तो लाग्यो || ५।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।