0 COMMENTS

प्रतिभा भट्टराई/क्षितिज पुरै रातो भएर रवि उदाउने तर्खरमा थिए त्यस्तै सिरसिर चलेको मन्द वतास सँगै ऋतु राजमा फर्क्रेका पुष्प हरु ले मिठो सुगन्ध छरिरहेकै थिए अनि उज्यालो पन बढे सँगै,सडक आफ्नो आफ्नो काममा लाग्नु पर्ने जीवनहरु ,बिहानी को कर्म पूरा गर्न सलबलाएका भीड ले रंगीचंगी भइसकेको थियो। घरै अगाडि लाग्ने तरकारि बजारमा बिहानीको समयमा जोडी भएर तरकारि किन्न आउने र घरबाट देखिने कौसी हरुमा तातो तातो चिया सँगै गफमा मस्त देखिने जोडीहरूले हर घरको शोभा बढाएको भए पनि उसलाई भने ती जोडीहरुका मिलनले आफैलाई गिज्याइरहेको भान हुन्थ्यो । न उसको जीवनमा नयाँ विहानीले उल्लास थपिन्थ्यो न फूलको सुगन्धले मोहकता ,न समयले हतार गराउँथ्यो न मुहारमा चमकता। उस्ले उदाउँदै गरेको सूर्यको दर्शन गरी र आफूले विवाह पुर्व कल्पना गरेको जीवन साथी र वास्तविक जीवनमा कुनै रात आरामले निदाउन नदिने श्रीमान् बीच तुलना गरी ।
सोही समयमा , वसन्त को साथ पाएर पालुवा पलाए सँगै हरियो बनेको घर पछाडिको जङ्गल बाट कोइलीले कुहु कुहु र काफल पाक्यो भन्दै सुरिलो स्वर मा आफ्नो परदेशिएको प्रेमीलाई बोलाए जस्तै ऊ पनि आफ्नो भाग्य मा परेको पथ भ्रष्ट श्रीमान् लाइ फकाएर आफ्नो सुमधुर भविष्य कोर्न सकिने कुनै मन्त्रको खोजीमा थिई।
हुन पनि विवाह भएको दश वर्ष सम्म उस्ले कुनै दिन पनि अरुहरुको देखे बाहेक आफ्नो श्रीमान सँग बसेर न मिठो गफ गर्न पाएकी थिई न सँगै बजार गएर मन् लागेका कुरा घुर्की लगाउँदै र लाडे पल्टदै किन्न ,न कुनै दिन सँगै बसेर खाना खान पाएकी थिई न सँगै माइत जान ।
सुनेकी थिई त बस त मेरी श्रीमती हैनस मात्र मेरी आमा की बुहारी भन्ने भनाइ, देखेकी थिई त आधारातमा बेहोसी पनमा भित्रदै सानो सानो कुरालाई लिएर निहुँ खोज्दै गर्ने झगडा र भोगेकी थिई त रातभरिको दानवीय व्यवहार ।

श्रीमान संगै डुल्ने घुम्ने र सिनेमा हेर्न जाने कुरा त ऊ ,न सपनामा देख्न सक्थी न विपनामा पाउन सक्थी मात्र कहिलेकाँही कल्पना गरेर रमाउने गर्थी। ऊ थिई,त मात्र सासुकी संस्कारी बुहारी, सम्पन्न घरकी मालिक्नी अनि बाबुको पौरखको सम्पन्नता सँगै चार छोरी पछि जन्मिएकाे ले पुल्पुलिएर हुर्केको , दुःख र अभाव नदेखेकोले गलत संगत र बाटो बनाउँदै जानी जानी गन्तव्य हिन यात्रामा रमाएर पुरुषार्थ गरेको सम्झने र आफ्नी आमा ले सम्पतिको आडमा आफ्नो बिग्रिसकेको छोरोलाई सुधार्ली की भन्ने आशमा आफ्नै साथीकी छोरीलाई आफ्नो चलाखिले भित्र्याएकी ,श्रीमतीले दिएको माया र सम्मानलाई पाखण्डी पन् ठान्ने नामर्द पुरुषकी श्रीमती।

नौ महिना कोखमा राखेर जन्म दिई हुर्काएको घमन्ड गर्ने सासु आमाले आफ्नो छोराको भविष्य बनाउने चाहनाले आफ्नै साथीकी छोरीको भविष्य अन्धकार पार्दै छोराको सतव्यबहारको भिख माग्न उसका हरेक इच्छा खुशीसाथ पुरा गरीदिएकी थिइन् भने २ जना सहयोगी हरू हरेक क्षण उसको अघि पछि लगाइदिएकी थिइन।

छोराकी आमा हुन पाएकोमा गर्व गर्ने सासू आमाले आफ्नै छोरालाई मान्छे बनाउन अर्काकी छोरी सँग गर्नु परेको याचना देखेर कूनै बेला निक्कै माया लाग्ने गर्थ्यो भने कुनै समय थाहा हुँदा हुँदै आफ्नो कुबाटोमा हिँडेको छाेरा को लागि आफ्नै साथीकी अबोध र उमेर नै नपुगेकि छोरीका सपना हरू सँग गरेको खेलवाड सम्झेर आमा को नाम मा असंख्य श्रद्धा बटुलेकी नारी सासू को नातामा कती सम्म दुष्ट बन्न सक्दा रहेछन् भन्ने कुराको पुष्टी गराउँथ्यो।

भलै उसको दिनचर्या देखेर लोभ गर्ने र डाहा गर्नेहरूको पनि कमी भने पटक्कै थिएन। त्यस्तै बाबूको व्यापार व्यवसाय सम्हालेर बसेको ज्वाइँ भनेर दङ्ग परेका माइती पक्ष सँग पनि उस्ले गर्न सक्ने गुनासा हरू केहि थिएनन्।
विवाह पुर्व सजाएका रमाइला क्षण र सुनौलो रातको कल्पना, सुहागरात कै दिन आधा रातमा बेहोस हुँदै तीन जनाको सहयोग मा आएको उस्को पती र उस्ले सुनाएको उसकी प्रेमिकाको वर्णन अनि याे विवाह सँग उस्लाई कुनै सरोकार नभएको कुराले चक्नाचुर पारिसकेको थियो र पनि माया र व्यवहार ले आफ्नो बनाउँछु भन्ने झिनो आशा लाई उस्ले मर्न दिएकी थिइन।

श्रीमानको माया बिनाको श्रीमानको मरुभूमि सरह काे घर सम्हाल्ने जिम्मा लिनु पर्ने बाध्यता र प्रेम बिनाको सम्बन्ध निर्वाह गर्नू पर्दा को पीडा उस्लाई जति सायद कसैलाई थाहा थिएन ।
एउटी नारी आखिर पती कै मायाकाे आडमा त उस्को घर, व्यवहार र नाता सहाल्न सक्छे । जून कूनै दिन नपाए पछि चौबीस घण्टा को दिन् कटाउन त गारो हुने मानवीय मन् ले आखिर १० वर्ष सम्म को समय व्यतीत गरिसकेको थियो।
बाहिरबाट हेर्दा चिटिक्क देखिने भव्य महल भित्र जवानीमा संस्कार र विवाह पछी कर्तव्य भुलेर घर बिग्रिए सँगै माइत बसेका दुई आमाजु हरू पनि थिएँ । घर चलाउने सासू आमालाइ पनि सजिलो त कहाँ थियो र?
घर रिझाउन नसकेर एक एक सन्तान सहित माइती बस्न आएका दुई छोरी, व्यापार व्यवसाय घाटा र नाफामा जेनतेन धान्दै घर ,श्रीमती र आफ्ना तीन छोरी, आमाको रहर सम्झेर वास्ता नगर्ने वेपर्वाह छोरो, हरेक दिन मानसिक पीडा लुकाउँदै शारीरिक पीडा छुपाउन नसकी अमिलो मन् लिएर भित्र र बाहिर गर्ने बुहारी अनि सम्हाल्नै नसकिने अथाह सम्पती।

श्रीमानको मृत्यु सँगै खप्नु परेको असह्य वेदना र उमेर बढ्दै गए सँगै लागेका रोग अनि कमजोरीमा पनि घर धानेर बस्नु पर्ने अवस्थाकी सासू आमाकाे दिन चर्या पनि सहज भने थिएन। घर व्यवहार छाेरा बुहारीलाई जिम्मा लगाएर तीर्थ व्रतमा रमाउनु पर्ने उन्को समय रातदिन माइती बसेका छोरीहरूको परिवार र कुलकै कलंक बनेको छोराको परिवारको कुरा मिलाउँदै मा व्यतीत हुन्थ्यो।
सासू आमाको दुःख बुझेकी भए पनि उस्काे खेर गएको उमेर, जवानी,रूप, अनि मरेका रहर हरूको क्षतिपूर्ति कतै बाट हुने आश थिएन उस्लाई ।आखिर मान्छे लाई आफ्नै दुःख त ठूलो हून्छ नी,अर्काकै लागी आफ्नो अनमोल जीवन दाउमा पनी त कती दिन लगाउनु र? कुनै दिन केही नसोची घर छोडेर हिनिदिउँ जस्तो पटक पटक लागेकाे भए पनि कुनै पल खुशी नदिएको श्रीमानले आमाकै चाहना भनेर उस्लाई तीन मायालु छोरीहरू भने दिई सकेको थियो। तिनैका रेखदेखमा तिनकै मुहार र भविष्य हेरेर दिन कटाउनु सिवाय केही उपाय नभएकी उस्लाई अझै दिन भन्दा पनि रात कटाउन मुश्किल पर्थ्यो।

धेरै मानिसहरूको दिनभरिको काम को थकान मेट्ने र कामकाे सिलसिलामा छुटेका प्रिएजन हरू सँग भेट्ने रातको सुमधुर समय उस्को लागी भने काल रात्री झैं बन्दथ्यो। सूर्य अस्त भए सँगै देखिने अँध्यारोपन मा उस्को मुटुकाे धड्कन पनि तीव्र गतिमा धड्कन्थ्यो। उस्को श्रीमानले ठानेको रमाइलो भित्र रहेको बेहोसी पनमा निहुँ खोज्दै गर्ने झगडाले शरीरका धेरै अंगहरू मा चोट पुगिसकेको थियो भने कुनै दिन ढोका र भित्तामा ठोक्क्याइदिएको शीर को दुखाइ बढ्दै गएर भोगेको पीडा घरका मान्छे हरुले नदेखे झैं गर्दथे भने बाहिरका मान्छे हरू लाई सुनाउनु को कूनै अर्थ थिएन।

उमेर बढ्दै गए सँगै देखिने कमजोरी पन, दिनदिनैको चोट अनि दुखेको मन् ले अब भने सहनु काे सीमा नाघिसकेको संकेत दिन थालिसकेको थियाे भने घर परिवारको ब्यवहार परिबर्तन हुने कुनै लक्षण देखिएको थिएन त्यस्तै घर देखी निक्कै टाढा रहेको माइती र माइती पक्ष सँग लुकाइएको पीडा ले विस्फोट पो हुने हो कि भन्ने अवस्था आइसकेको भान ,भए पछि भने उस्को मनले जन्मने बित्तिकै बितेका आमाका सन्तान हरू पनि त हुर्केका हुन्छन् फेरि आखीर छोरी कि आमाले आफ्ना छोरीहरूलाई सधैँ आफैंले स्याहार गरेर राख्न पाउने पनि त होइन भन्ने सोचले आफ्नो मन् लाई दरो बनाउँदै लगी र सम्पन्न घरमा जन्मेका छोरीहरूलाई मात्र आमाको साथ काे त कमी हुने हो भन्ने भाव जागृत गर्दै,कहाँ जाने र के गर्ने?बारे केहि नसोची एक रात निदाइसकेका छोरीहरूको अनुहार धीत मर्ने गरी नियाली र गन्तव्य हिन यात्रामा निस्किई।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।