0 COMMENTS

प्रतिभा भट्टराई/  “आफ्नो र समाजको लागि योग “भन्ने नारा सहित मनाउन लागिएको दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा एक साता अघिदेखि काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रमा निःशुल्क बृहत योग विज्ञान शिविर सञ्चालनका क्रममा त्रिदिवसीय निःशुल्क बृहत योग विज्ञान शिविर बुढानीलकण्ठ नगरपालिका चपलीचोक ३ मा पनि सम्पन्न गरियो।
मिति २०८१ साल असार १ गतेदेखि ३ गतेसम्म चलेको उक्त शिविर पतञ्जली योग समिति काठमाडौँ र महिला पतञ्जली योग समिति काठमाडौँको आयोजनामा सञ्चालन गरिएको थियो।
मुख्य प्रशिक्षक पतञ्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र रहनुभएको सो शिविरमा पहिलो दिन बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख र दोस्रो दिन उपप्रमुख प्रमुख अतिथि रहनुभएको थियो।
प्रमुख प्रशिक्षकबाट अष्टाङ्गयोगका आसन व्यायाम र प्राणायामका विषयमा भएका अनुसन्धान र परिणामहरूको जानकारी गराउँदै नव आगन्तुक साधक साधिका र विद्यालयका बालबालिकाहरूलाई समेत सहज हुने तरिकाले गराइएको प्रशिक्षण , भक्ती संगीतका साथमा निकै उल्लासमय वातावरणमा सम्पन्न भएको थियो।
काठमाडौँ जिल्ला भरिका सम्पूर्ण पदाधिकारी हरू साधना केन्द्रका साधक साधिका, र विद्यालयका बालबालिका ,शिक्षक लगायत टोलबासीहरूको समेत गरी हजारौंको उपस्थिति रहेको यो शिविर बुढानीलकण्ठ नगरपालिका चपलीचोक ३ मा रहेको ध्रुवतारा बोर्डिङ स्कुलको प्राङ्गणमा बिहानको ४:४५ देखि ६:४५ सम्म सञ्चालन भएको थियो।
तेस्रो दिनको शिविर सञ्चालनका क्रममा वर्षाका कारण मौसम प्रतिकूल रहेता पनि अनुकूलताकाे अनुभव गरी पूर्ण गरिएको साधना मा स्कुलको प्राङ्गण पुरै भरिएको थियो भने उपस्थित साधक साधीका हरूको उल्लासमा कमी भएकाे थिएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।