लगानीको बोझ छ म सँग, मायाको भोक छ म सँग, सपनाको झोक छ म सँग, आफ्ना परिवारसँग रमाएर आफ्नै आँगनको फूलबारीमा रमाउने सोच छ म सँग, ।
लगानीको बोझले मेरो आँगनमा रमाउन दिएन, आफ्नो आमाको मायालु नयनलाई हेरेर समाउन दिएन, मेरो बाध्यताले डोर्यायो| दु:ख गरेर पढाई सके प्रमाणपत्र प्राप्त भयो मलाई मेरो देश छोड्न मन छैन|
के गर्ने भन्ने मैले आफ्नो भविष्यलाई अघि सारें कयौं कोसिस पनि गरें तर परिणाम राम्रो भएन, गर्नेलाई गर्न दिइएन, नगर्ने ठगको माहोलमा केहि गर्नु भन्दा भन्दै मलाई पछारेर छाडे|
मलाई झन् डुबायो आर्थिक र मानसिक दुबै रोगले, अब मन थाकेको छ, समस्या नै समस्याको थुप्रो छ,कुनै समाधान छैन, सबै ठग छन् ,समाज र देश ठगेर चलेको छ,आफ्नो देशमा केहि छैन सुन्य छ|
खानेदेखि लगाउने सम्म सम्पूर्ण वस्तु विदेशी ब्राण्डले ठगेको छ| कति लजास्पद; यसैले हामीलाई घमण्डी बनाएको छ| कोहि खान नपाएर ढलेका छन्, ठगहरु पैसाको अहंकार देखी बलेका छन्|
म विद्यार्थी नियम कानुन पढ्दा पढ्दै थाकेको मान्छे, जब नियम लागू हुने समय हुन्छ, तब नियम लागू हुदैन, किताबमा मात्र सिमित छ| म झसङ्ग्ग हुन्छु कस्तो विडम्बना नियम त पढ्ने मात्र रैछ, यसको काम त नहुँदो रहेछ|
पढाईमा निरन्तरता थियो, देशमै केहि गर्ने सोच शून्य हुन थाल्यो| घरपरिवार वरपर विदेशकै सोचमा रमाउन थालें,बाहिरी देखावटी हाँसोलाई पछ्याउन थालें,भित्रि मर्म दुःखलाई लुकाउन थाले ,जति शीक्षा हाँसिल गरेपनि बेचिनुपर्ने वास्तविक हाम्रो अवस्थालाई अँगाल्न थालें ।
विदेशको यात्रालाई रमाइलोमा परिवर्तन गर्न थालें,मनभित्र लुकेका गहिरो पीडालाई स्वीकार्न थालें, घर, समाज र देशमा युवाको कमीले सुन्यतामा परिणत भएको पीडालाई आँसुले बगाउन थालें, आमाबुवाको एक्लोपन सम्झेर भक्कानिदै कराउन थालें।
वास्तविकता यहि हो भनि आफ्नो धरातललाई नियाल्न थालें,हामी त बेचिदैं छौ भनि लाचार भै स्वीकार्न थालें,विदेशिनुमा रमाउन थालें,विदेशी भुमिलाई अंगाल्न थाले ,म माथि धेरै जिम्मेवारी छ भनि आफुलाई सम्झाउन थालें।
जुन यी ठुला नेताले गर्न नसकेको काम मैले गर्नु परेको छ, घरका परिवार लगायत नेतालाई पनि पाल्ने जिम्मेवारी मेरो काँधमा छ भनि स्वीकार्न थालें| म लगायत अन्य विदेशिएका नेपालीको रेमिट्यान्सले देश र परिवार चलेको छ भने म विदेशिनु निश्चित छ|
यसैमा अब रमाउन थालें । व्यथा अनेकौं छन्, यसैलाई आधार मानि जिउन थालें। परिवारलाई पनि यस्तैमा जिउनु पर्छ भनि सम्झाउन थालें| बुढाबुढी आमाबुवालाई मनलाई पत्थर बनाउन भनि सम्झाउन थालें|
हो, म विदेशिएको युवा यतै हराउन थालें| युवाबाट बुढेसकाल भयो, देशले हामीलाई खोजेन, म अब यतै विलाउन थालें|