हरेक दिन मेरो एक्लो पनमा टिक टिक गर्दैै साथ दिने घडीले रातको ३ बजेको संकेत दिईसकेको थियो। सोही बेला छिट्टो सुतेर निन्द्रा पुरा गर्ने हरु बिहानीको ब्रह्म मुहूर्त को समय भनेर उठीसकेका पनि हुन्थे। म भने वास्तविकतामा कहीले नभोगेको सुखद् सपनामा रमाएको भएपनी बाहिर बाट आएको गाडिको आवाज सँगै व्युँझिन पुगेछु।
जून मान्छे र गाडिको प्रतीक्षा मा म थिएँ, सो आइसकेको भए पनि म मा कुनै हर्ष थिएन। थियो त केवल, छर छिमेकीले देखेर भाेली फेरी एउटा श्रीमान तह लगाउन किन नसकेको? भनेर प्रश्न गर्लान् भन्ने चिन्ता, छोराछोरीले बाबाको हालत देखेपछि श्रद्धा नगर्लान् भन्ने पीर अनि ज्वाइँ को व्यवहार बुझेका आफ्ना बाबाले फोन गरेर, ज्वाइँको आजको हालत पनि सधैँ को झैं हो छोरी? भनेर सोध्ने हो की भन्ने त्रास।
उसका बाबू ,आमा त छोराको पुरुषार्थमा दङ्ग थिए र मैले पटक पटक आफ्नो छोरा लाई सम्झाउन भन्दा पनि उस्को काम नै यस्तै भनेर टारिदिन्थे। हरेक रात सधैँ जस्तो यस्तै समयमा र याे हालतमा आउनू लाई काम मान्ने हो या गलत आचरण ? बुझ्न सक्ने म पनि त थिएँ।
निक्कै मेहेनत र समय पछी गेट बाट भित्र छिरे को गाड़ी बाट ओर्लिएको उसको एउटा हातमा आफैंले फुकालेको कोट र अर्को हातमा बज्दै गरेको मोबाईल थियो। निला ओठ र लर्वरिएको बोलीमा कसैकाे नाम लिईरहेको उसलाई मैले सकिनसकी भर्याङ चढाएर शयन कक्षमा पुर्याएकी थिएँ त्यसपछी उस्का जुत्ता, मोजा, बेल्ट फुकाली दिनु, उस्का पकेटमा भएका क्लब हरुका बिल चेक गर्नु, बेडमा सकभर सजिलो सँग आराम गराउनु अनि चुपचाप छोरीको रूममा गएर पल्टनु, भोलिपल्ट उ कति बेला उठ्ला भनेर घडी हेर्नु, चिया, कफी सोध्नु ,खाना खुवाउनु अनि उ बाहिरिए सँगै एकछिन अन्य घर व्यवहारका काम मिलाउनु मेरो विगत केही वर्षदेखि का दैनिकी भइसकेका थिए। उ सँग घुम्नु, रमाउनु र मिठा गफ हरु गर्नु मेरा सपना मात्र थिएँ भने केहि घर परिवार का कुरा करैले थोरै गर्नू र चाड वाड, विवाह आदि मा हुने जमघट हरूमा इष्ट मित्र हरुका खै? भन्ने प्रश्नको जवाफ दिन नपर्ला भनेर करै ले उसलाई लानु मेरो बाध्यता थियो।
आज भने उस्को मोबाईल फेरि पनि बजेको ले मैले फोन उठाएँ र थाहा पाएँ यो अरू नै कसैकाे मोबाईल रहेछ। अनि उस्को नं डायल गर्दा स्विच अफ भएको संकेत पाएपछि मैले उस्को नजिकको साथी जो उसको काम सँग जोडिएको थियो,उसलाई रातको ३.३०भएको भए पनि निक्कै आँट जम्मा गरेर कल गरें ,तर उसले फोन छिट्टै उठायो र भन्न सुरू गर्याे,”भाउजू हजुरले सहने कहिले सम्म अनि किन? कती भनूँ म हजुरलाई रूपक मेरो कामको निक्कै मिल्ने साथी भए पनि उस्को घर परिवार प्रतिको व्यवहार पटक्कै राम्रो भएन।म सम्झाउँदा, बुझाउँदा अनि देखाउँदा, भन्दा थाकिसकें , हजूर थाक्ने कहिले?
उ अझै केहि भन्दै थियो मेरो भने मोबाईल हातबाट खसिसकेकोले अरू कुरा सुन्न पाइनछु। निक्कै बेर पछि आफ्ना बगेका आँसु हरु ले भिजेको मोबाईल उठाएँ र अन गरें । रूपक आउनू भन्दा २ घण्टा अगाडि नै रुपकले क्लव मा देखाएका ब्यवहार हरुका तस्बिर उस्ले मलाइ पठाइसकेको रहेछ।
ती तस्बिर हरु हेरिसके पछी मेरा आँखाहरूले मेरी मस्त निद्रामा रहेकी प्यारी छोरी को मुहार नियाल्न पुगे। ऊ जन्मे देखी नै बिग्रन थालेको हाम्राे सम्बन्धको तीतो पनमा हुर्कदै गए सँगै थोरै मिठास भर्ने काम उसैले गरेकी थिई। हररात आफ्नो बाबुको हालत उस्ले नदेखेकी भए पनि आफ्नो प्यारो हुनु पर्ने अविभावकले कहिले आफ्नो ख्याल नगरेको, धेरै जसो अफिस को काम देखाइ बिदेसिएर,आफू र आफ्नो सानो भाइ अनि मामु लाई भन्दा विदेशमा रहेका साथी र साथीका छोराछोरी हरु लाई बढी माया दिएको, विदेश को बसाई अवधि भर घर परिवार लाई मुस्किलले हप्तामा एक पटक मात्र कल गर्ने गरेको अनि लामाे समय पश्चात विदेश बाट फर्केका बाबुको लगेज पुरै खोतली सक्दा पनि आफ्नो लागि केहि सामान नल्याइदिएको तितो अनुभव सँगालेकी थिई।
त्यसैले त उसले मलाई बेला बेलामा भन्ने गर्थी मामु ,”भाइ र मैले बाबाको माया हुनु पर्ने जति पाउन सकेनौं हजुरले त श्रीमानबाट पाउनु पर्ने माया पाउन सक्नु हुन्छ नी। हाम्रा बाबु पो अरू कोही हुन सक्दैनन् ।हजुरको श्रीमान त जो कोहि पनि त हुन सक्छन नि हैन र ?
उस्को अनुहार नियालिरहँदा खै किन? विगत सम्झेर पीडित हुनु राम्राे होइन भनेर जान्दा जान्दै पनि कलेज पढ्दा आफू लाई चाहने पुरुष साथीहरुको यादमा टोलाउन पुगेछु र तीन वटा अनुहार हरुले मलाई धेरै सताउन थालेछन जसलाई मैले समाज को डर, जातका कुरा अनि आमा बुबाका रहर का कारण लत्याएकी थिएँ।
एउटा चाहिँ आफ्नै फेसबुक को फ्रेण्ड लिस्ट मा भएकोले प्रोफाइल खोलेर हेर्न मन् लाग्यो र हेर्दै गएँ उसको जोड़ी र रमाइला क्षण हरुका पोष्ट हरूले आफैं लाई जिस्काए झैं लाग्याे र मोबाईल बन्द गरेर, आफुले मन् पराएको र आफुलाई माया गर्ने मान्छेकाे खुसीमा रमाउनू को मजा पनि त बेग्लै हुन्छ नी भन्ने सोचेर निदाउने प्रयास गरेँ।
हुन पनि निक्कै आकर्षक व्यक्तित्व, पढाई पेशा अनि घर परिवार भनेर विवाह भएको उ सँग मेरो नाता गाँसिएको लगभग तीन वर्ष देखी नै खटपट सुरू भएको थियो। थप तीन वर्ष केही नबोली बसे पछी मैले यो कुरा आफ्नी साथि जस्तै आमालाई सुनाएकी थिएँ। तर पुरानै जमानाकी मेरी आमा ले मलाई समाजको डर, इष्ट मित्र हरुका भनाइ, बाबुको पेशा, भर्खर जन्मेका नाति नातिना को भविष्य देखाएर मेरो घर बचाउने र बसाउने प्रयास गरेकी थिइन् अनी मेरा बुवा ले पनि आमाकै हो मा हो मिलाउनु भएको थियो । त्यस्तै आफू पनि हजुर आमाले सिकाएको संस्कार अनुसार कुनै दिन त उ सुध्रिएला नि?भन्ने आशमा मठ मन्दिर, पूजा, चिना, ज्योतिष काे मा धाउँदै र छोराछोरीको मायामा भुल्दै गएकी थिएँ ।
तर समय बिस्तारै व्यतीत भए सँगै आफूले जानेको, सकेको, भ्याएको, बुझेको सारा उपाय लगाउँदा पनि उसमा कुनै राम्राे परिवर्तन नदेखिए पछी, र उसका घर परिवार ले पनि मेरो दुःख नबुझे पछी अनि विवाह भएको २० वर्ष वितिसके पछी भने मैले आफ्ना नजिकका आफन्त हरु लाई बाहेक धेरै इष्ट मित्र हरुलाई थाहा नभएको आफ्नो पीडा सार्वजनिक गर्न थालेँ र आफु त्यो घरमा बस्न नसक्ने यथार्थता पनि बताउन थालें।आखिर दुःख लुकाउन सकिन्न भन्ने कुरा समाजमा चलेको पनि त छ। जस्ले जे भने पनि सुन्ने आँट बटुलेर मैले यो कुरा सबै आफन्त हरु माझ राखेकी थिएँ।
साँच्चै समाज परिवर्तन भएको हो वा मेरा हितैषी हरु ले मलाई माया गरेका हुन् जो जसलाई आफ्नो दुःख सुनाएँ र अब उ संग सँगै बस्न नसक्ने अवस्था बुझाएँ , मेरो अगाडि भएर हो वा साँच्चै हो ,हुँदैन र यस्ताे निर्णय नगर भनेर चाहिँ कसैले भनेनन्। त्यस्तै मेरा बाबाले पनि हरेक दिन आफुले आफैलाई बिर्सेर माया गरेकी आफ्नी छोरी हरदिन डिप्रेस भएर बाँचेको देख्नु भन्दा डिभोर्स गरेर हाँसेको हेर्ने रहर भएको बताउनु भएको थियो।
मैले लिएको निर्णय उसलाई सुनाउँदै आफ्नो हुनुको हक जताएर घुर्की लगाए पछि कताकता तैपनि उसले आफ्नो व्यवहारमा पश्चाताप गरेर मलाई छुट्टीने कुरा नगर ,भन्छ कि भन्ने झिनो आश भने ममा रहिरहेको थियो तर उसले मलाई के, र किन जस्ता कुनै प्रश्न नगरी आरामले It’s ok भनेर मेरो मुख टाली दिएको थियो र म पनि प्रक्रिया पूरा गर्नतिर लागेकी थिएँ।