भर्खरै सहर पसेर मौकामा चौका हानि पैसा कमाएका आडम्बर र अहंकारले लिप्त भइ फसेका |
म त के के न भए भनि अनुशासनहिन भइ भकुण्डो झैँ भुलेर बसेका |
म कहाँ छु भन्ने थाहै छैन जे छ पैसा मै छ भनि ठान्ने |
दाजु भाई दिदी बहिनी अन्य आफन्तजनलाई नगन्ने |
संस्कार नै बने जस्तो लाग्यो शान्ति मौनता कता भाग्यो |
यी देखेर डरले आफुले आफैलाई नियाल्न थालेको छु |
आगोमा होमिन सक्दिन म यहाँ एकाग्र भइ पानी झैँ बग्न थालेको छु|
दृश्य त यहाँ जति पनि देख्छु सारै कठिन हुन्छ धैर्यतालाई अंगाल्न |
यी सब नाटकका कलाकार हुन भनि अटल हुने कोशिश गर्ने आदत बनाउन थालेको छु |
किन , कसरी , के ,कहाँ , प्रश्न चिन्नको प्रयोग कम गर्ने आदत बनाउन थालेको छु |
पूर्ण विरामलाई अंगाल्न थालेको छु, पहाडलाई रुइ बनाई हावामा ऊडी विलौन थालेको छु ||
देवि अधिकारी