यस्तै, हुन्छ भनेर भन्न सहजै सक्ने कहाँ को छ र ?
आफ्नै मन, न त हो भनुँ पनि भने पर्नुछ उस्कै भर
कुन बेला ?कसरी? कहाँ ?कति बजे? बदलन्छ भन्ने डर
जस्तो जे समय परिस्थिति परोस् सम्हाल्नु पर्ने कर।।
हर्षित छ यदि कोई दिन ,मन भने झल्कन्छ है रुपमा
वर्षा होस् न शरद, शिशीर सहितै त्यो ग्रीष्म काे धुपमा।।
छैन दङ्ग मन ,कुनै पल भने जे जे बनोस् भोजन
सुन्दर वस्त्र र धन् श्रृङ्गार नपुगि पर्ने खुशी खोजन
घटना हुन्छ एकै तर पनि फरक,मन् बन्न जाने किन?
हाँस्छन धेर ,उसै बखत मरी मरी दोस्रो रुझेको दिन।
एउटा मन खुश भै रमाइरहँदा , अर्को त खिन्नै हुनी
भड्किने, कुँडिने , झसङ्ग हुन गै बदलन्छ मौसम बनी।।
सुन् हो कि कुन को? दवाई मनको इच्छा पुरा गर्दिने
होला त्यो समय, जडिबुटी बनी सम्पूर्ण मन् भर्दीने।
पाइयो न छुन ,धुन अनी हुन देख्नै कठिन के गरुँ?
राख्छु आफू जतन गरेर र पनि दुःखाउने चाहिँ अरु ।।
प्रतिभा भट्टराई