कल्पनामा जन्मिएकी सिर्जना नै कविता हुन् ।
अन्तर्मनमा गुन्जिएका भावहरु नै कविता हुन् ।।
मस्तिष्कमा छचल्किने मन् हरु नै कविता हुन् ।
मनले मन् मा जेलाएका पलहरु नै कविता हुन्।।१
जब खुशी हुन्छ यो मन् रचिइन्छयौ तिमी ।
त्यस्तै पर्छ पीडा जब बनिदिन्छ्यौ तिमी।।
कुनै ठाउँ सुन्दर लागोस तिम्रै याद आउँछ।
मनले कोही प्रिय मानोस् तिम्रै नाम पाउँछ ।।२।।
जब ब्यस्त रहन्छु म तँछाडमँछाड गर्ने।
अब भयो फुर्सद् भन्छु छेउमै नपर्ने।।
मैले खोज्छु समाउन हराईदिन्छौ तिमि।
हातमा छैन कलम भन्छु समाईदिछौ अनि ।।३।।
मिठो शब्द बनि आउछ्यौ फेरी कहिलेकाँही।
अब राम्री बनाउँछु भनी सोच्छु म चाहिँ ।।
सजाएर ऐना देखाउँ भन्ने रहर लाग्दा ।
अनि दुख्छ यो मन मेरो तिमी त्यसै भाग्दा।।४।।
तिम्रो नाममा भाव पोख्दा कर्णप्रिय बन्दै।
मेरा दुःख हराएछन् तिमीभित्र रम्दै।।
लजाउँछौ कहिलेकाहीँ पूरा गर्छु भन्दा।
अति हर्ष लाग्दो रैछ तिमी सुन्दर बन्दा।।५।।