काठमाडौं २९भाद्र । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै यहि भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने भएको छ । मिस एण्ड मिसेस युनिभर्सलमा गरि २०/२० जनाको पार्टिसिफेन्ट रहेको यस सिजन २ को ट्यालेन्ट राउन्ड नक्सालमा अवस्थित होटल हुकुम दरबारमा हुने भएको छ भने यस् राउन्डमा पाच जना जज रहनेछ ।
मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पुर्व मिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहने यस सिजन २ को अडिसन गत श्रावण २० गते नयाँ बानेस्वर स्थित रोयल एलिनाजमा सम्पन्न भएको थियो । प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रमहरू, खेलकुद कार्यक्रम, सामाजिक परियोजनाहरू र अन्य धेरै कार्यक्रमहरू आयोजना गरी देशको विकासमा योगदान पुर्याउने उद्देश्यले स्पार्कल इन्टरटेनमेन्टको स्थापना भएको जानकारी आयोजक टिमले दिएका छन ।
विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्यले तयार गरिएको यस प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा रहेको छ । अहिले जमल नाचघरमा कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर प्रतियोगीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको जानकारी CEO नितु श्रेष्ठले दिएका छन । जस्मा टाइटल स्पोन्सर newlook ( beauty for life ) , एभिएसन ट्रेनिङ पार्टनरमा air hostess and airport ground crew , हेयर वोइल पार्टनरमा shree kesh jadibuti ( श्री केश जडिबुटी ),एजुकेशन पार्टनरमा Kathmandu world school रहेको छ ।