काठमाडौं । बहु प्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो । अब ‘ब्रेक थु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।
यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलकाे सुरूङकाे काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
सो ‘ब्रेक थु’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन । उनकाे उपस्थितिमा साे ‘ब्रेक थु’ गरिने छ ।