प्रतिभा भट्टराई/ प्रत्येक तीन तीन वर्षमा पर्ने अधिकमासलाई मलमास वा पुरुषोत्तम महिनाको नामले पनि चिनिन्छ। गते र महिना अन्य समयको झैं लाग्ने भए पनि तिथिका हिसावले यो तेह्रौं महिना हो। वर्षका जुनसुकै महिनामा पर्न सक्ने यो समय यसपटक भने श्रावण महिनाको दुई गते बाट सुरु भई ३१ गते सम्म रहन्छ ।यसै पवित्र श्रावण महिना अनि त्यसैमा परेको अधिकमास (पुरुषोत्तम महिना) लाई लामो समय पछि काे सुभ संयोग मानिएको छ।
यो एक महीनाको अवधिमा विवाह, व्रतबन्ध, गृह प्रवेश तथा नवीन कार्यको थालनी जस्ता माङ्गलिक कार्य हरु गरिँदैनन भने, नित्य गरिने पाञ्चायन देवता को पूजाका साथै पुरुषोत्तम भगवानको ३३ नामलेपूजा, पाठ माहात्म्य को श्रवण, जप दीप दान अनि प्रत्येक दिन मालपुवा को भोग र दानको अधिक महत्व र फल बताइएको छ।अधिकमास मा गरिएका शुभकर्म वा धार्मिक कर्महरूको फल पनि अधिक नै हुने भएको ले आफ्नो जीवन मा शान्ति र कल्याणको लागि यो महिनामा हरेक व्यक्तिले आफूले जानेको, सकेको, र भ्याएको सत्कर्महरु गर्नु राम्रो मानिन्छ।
भगवान विष्णु का अति प्रिय भक्त प्रह्लाद का पिता हिरण्यकश्यपुले कठोर तपस्या गरे पश्चात ब्रह्मा जी लाई प्रसन्न तुल्याए पछि अमर हुने वरदान मागेका थिए। तर ब्रह्मा ले अमरता को वरदान कसैलाइ दिन नमिल्ने बताए पछि उसले थुप्रै सर्त हरु राखेर आफु अमर हुन हर सम्भव प्रयास गरेको थियो।
निक्कै बुद्धिमत्ता का साथ दिनमा अनि रातमा पनि नमरुँ,मानिसबाट तथा जनावरबाट पनि नमरुँ, कुनै हतियार अनि सस्त्र अस्त्रले पनि नमरुँ, जलमा वा थलमा कहीँ पनि नमरुँ अनि बाह्र महिना भरी कुनै पनि महिनामा नमरुँ भनेर वर मागे सँगै ब्रह्मा जीले तथास्तु भनी वरदान दिनु भए पछिआफू अमर नै भए झैं गरी आफ्नो पुत्र प्रल्हाद लाई विष्णुको भक्ति गरेको निहुँमा अनेक जुक्ति लगाएर मार्न खोजे पछि विष्णु भगवानले आफ्नो बालक भक्त, प्रह्लाद को रक्षा गर्न अनि निन्दा कै भावमा भए पनि आफ्नो हरबखत नाम जप्ने हिरण्य कश्यपुको उद्धार गर्न नृसिंह अवतार लिएर साँझ को समयमा, आफ्नो काखमा राखी, नङग्राले चिरेर यही अधिक मास वा १३ औँ महिनामा वध गर्नु भएको थियो।
यसरी अनेक घटना र समय मिलाएर आफ्ना भक्त हरुको रक्षा गर्ने अनि अत्याचारी हरुको संहार गरी उद्धार गर्ने विष्णु भगवानका पुरुषोत्तम महिनामा पूजा गरिने ३३ नाम यसप्रकार छन्।
१)ॐ विष्णवेनम: २)ॐ जिष्णवेनम: ३)ॐ महाविष्णवेनम: ४)ॐ हरयेनम:
५)ॐ कृष्णायनम: ६)ॐ अब्जनाभायनम:
७)ॐ केशवायनम: ८)ॐमाधवायनम:
९)ॐ रामायनम: १०)ॐ मधुसुदनायनम:
११)ॐअच्युतायनम: १२)ॐ पुरुषोत्तमायनम:
१३)ॐ गोबिन्दायनम:१४)ॐ वामनायनम:
१५)ॐ त्रिविक्रमायनम:१६)ॐ सङ्कर्षणायनम:१७)ॐ श्रीकण्ठाय नम१८)ॐ बैकुण्ठायनम: १९)ॐनारायणायनम: २०)ॐ अनिरुद्धा्यनम:
२१)ॐ प्रद्धुमनायनम:२२)ॐ जनार्दनायनम:
२३)ॐ दामोदरायनम: २४)ॐ श्री पतयेनम:
२५)ॐ वासुदेवायनम:२६)ॐ नृसिंहायनम:
१७)ॐ शेषशायिनेनम:१८)ॐ पृश्निगर्भायनम:
१९)ॐ उरुक्रमायनम:३०)ॐ श्री धरायनम:
३१)ॐ गोपिजनवल्लभायनम:
३२)ॐ गोपालायनम:३३) ॐ गोलोकाधिपतयनम
प्रतिक्रिया दिनुहोस्