0 COMMENTS
देवी अधिकारी
देवी अधिकारी

मैले देखेँ सानो देश ,सानो शहर ,सानो समुदाय सानो घर सानो गोरेटो धुलाम्मे बाटो ,साधारण प्रविधि सिमित उत्पादन ,खुकुलो ऐनकानुन

त्यो भन्दा नी डरलाग्दो “सौदाबाजी”
कानुनमा सौदा सत्तामा सौदा कुर्सीमा सौदा ठेक्कापट्टामा सौदा विकासमा सौदा, शिक्षामा सौदा, लुटको सौदा, फुटको सौदा यतिसम्मकी मैले जिउने जीवनमा सौदा, खाने गाँसमा सौदा पाइला पाइलामा सौदा, सबैतिर सौदा, त्यस्तो जोखिम युक्त ठाउँमा मैले के को कल्पना र चाहना गर्न सक्छु र?
बिहान बेलुकीको छाक टार्ने सोचमा चलेको, बेरोजगारको पीडाले जलेको, अपहेलित भई असुविधा बाट गलेको थकित मानसपटलमा केको शिक्षा र योग्यता? सुगा रटाइ को शिक्षा किताबमा सिमित ,व्यवहारमा सुन्य रहेको दक्षता नभएको योग्यता लुकेको विकासमा चलेको आफै खाउँ, रमाउँ,जमाउँ, त्यतिले पनि नभए काका भतिजा नाती, पनाति सम्मलाई पुग्ने बनाउँ, अझै नपुगे पिटेर खाउँ, लुटेर खाउँ, निचोरेर खाउँ, पछारेर खाउँ, अझै पनि नपुगे ठूलाठूला कुरा रटेर खाउँ, कुरै कुरामा देशलाई डुबाउँ, कुराले नै जनतालाई फकाई फुलाई खाउँ जति पेसा त्यतिनै प्रकारको कुरा, कुरै कुराले चलेको देश।
यस्को विपरीत कामको प्रकारले चलेको देश, थरिथरिका काम, विकास नै विकास, सुविधा नै सुविधा , जनतालाई पनि कर तिर्न नहुने दुविधा, सेवा अनुसारको मेवा यी सबै देखेर आफ्नो देशको मूल्याङ्कन गर्न लाज लाग्छ, मन भारी हुन्छ। कति निम्नस्तरको हाम्रो भोगाइ रहेछ। बिदेशी भूमिको विकास देख्दा आफूलाई बुझ्न गारो रहेछ। मनलाई सम्झाउन सारो पर्दो रहेछ। रमाउने भन्दा सिक्ने इच्छा पलाउँदै रहेछ। कसरी त्यस्तो विकास भनी मनमा कौतुहल हुँदोरहेछ, रमाउने भन्दा सिक्ने इच्छा पलाउँदै रहेछ, बुझ्ने उत्सुकता चल्दोरहेछ।
हाम्रो देशका युवाहरू को इच्छा चाहना ज्ञान जाँगर लाई कुण्ठित गरायौ,पखेटा थियो तर उडन लाई रोक लगायौ,शिक्षा थियो प्रयोग गर्ने ठाउँ भएन परनिर्भरताको पाठ पढायौ ।
यस्तो वातावरणमा रुमलिएको मेरो सोच मा ठूलाठूला प्रविधि आश्चर्यमय विकासले म स्तब्ध भएँ डरलाग्दो सागर भित्र हराए जस्तै भयो। एकोहोरो हेर्ने बाहेक वर्णन गर्ने शब्द भएन। छुने साहस र आँट भएन ,बुझ्ने औकात र ज्ञान भएन यसतो भव्य गगनचुम्बी जुन विश्वकै अग्लो महल बुर्ज खलिफा(Burj Khalifa) कसरी भयो त? भन्ने प्रश्न मात्र खडा। प्रश्न आउनु पनि स्वभाविक थियो किनभने पुरै मरुभूमिमा जहाँ बालुवा बाहेक केही नभएको ठाउँ कसरी भयाे यस्तो?
मेरो मनमा अनेकौ कुराले प्रतिस्प्रधा गर्न लाग्यो एक मनले भन्छ स्वर्ग त मृत्युपछि देखिन्छ भन्ने सुनेको थिएँ ,फेरि यो देखिरहेको दृश्य के हो? म झसङ्ग भएँ आफू कहाँ छु भन्दै झस्कीएँ, आफूमै उत्तर खोजें, वाह वाह भन्दै यहाँको विकास र सम्पूर्ण विकासप्रेमी योजनाकार लगायतका टीमलाई अन्तरमनले धन्यवाद दिएँ। आँखाभरी आँशु राखेर मन भरी बनाएर बिदा हुनु बाहेक अरु कुनै विकल्प थिएन।
बनाउँदा के पो नहुने रहेछ? स्वर्ग पनि त बन्दो रहेछ ।आफ्नो मातृभूमिलाई छोडेर अर्काको ठाउँलाई बनाउन ठूलो योगदान गरेका छन् हाम्रा दाजुभाई दिदीबहिनीहरुले भन्दै ती विकासको गति र सौन्दर्यलाई नियाल्दै विचलित भएँ, कतिको ज्यान पनि गयो ,कतिले दुःख पाए कति भोको छन् कति पीडामा छन् हामी शाहसी छौं काम गर्ने इच्छा चाहना आँट छ तर आफ्नो भुमि बाँझै छ घर भत्केको छ ,बाटो धुलाम्मे छ, गोरेटो जंगलले पुरिएको छ विकास सुन्य छ, प्रविधि कता छ कता? यहाँ को जनशक्ति आफ्नो इच्छा चाहना भुलेर विदेशीएका छन् अर्काको भूमिलाई उर्वर बनाएका छन् कोही त रमाएका छन् कोही हराएका छन् यो दर्दनाक अवस्थाका हाम्रो काम गर्ने साहस भएपनि हात छैन जस्तो लाग्छ मन भएपनि आँट छैन जस्तो भयो आँखा भएपनि अन्धो झैं भयो ।मस्तिष्क छ सोच छैन जस्तो भयो कुरा छ काम छैन जस्तै भयो घमण्डको खोल ले छोपेर राखेको बन्दी जीवन झैं लाग्छ, आफ्नो ठाउँ नै बिरानो झै लाग्छ।
हाम्रो कल्पना भन्दा फरक, हाम्रो परिश्रम भन्दा अलग, हाम्रो लगानी भन्दा फरक हाम्रो सोच भन्दा फरक हाम्रो प्रविधि भन्दा धेरै फरक, आश्चर्य जनक विकास बर्णन को शब्द छैन हेर्दा हेर्दा आँखा थाकेको छ हेर्ने इच्छा झन् जागेको छ Dubai काे मरुभूमि ले हामी नेपालीले भन्ने उखान टुक्कामा प्रहार भएको छ।
बालुवामा पानी हाले जस्तो वा मरुभुमिमा हरियाली बनाउन खोजे जस्तो भन्ने उखान टुक्का गलत सावित भएको छ। मरुभूमिमा आश्चर्य जनक रचनात्मक बगैंचा जहाँ पानी छैन बालुवा नै बालुवामा बगैँचा Miracal garden को रचनाले प्रकृतिलाई सिँगारेको देख्दा धन्य धन्य भन्दै ती रचनाकार को प्रशंसा गर्नु बाहेक अरु बुझ्ने आँट नै भएन।
यी सबै देख्ने मौका dubai मा पाएँ, बालुवामा साधारण घर मात्र होइन विश्वकै अग्लो गगनचुम्बी भवन बुर्ज खालिफा ८३० मिटर उचाई रहेको त्यस्तो आश्चर्यमय भवन बनेको यहीँ टुलुटुलु हेर्न बाहेक अरु विकल्प थिएन म यसै डराए त्यहीँ हराए भित्रभित्रै म कराएँ।पर्यटकलाई आकर्षण गर्ने धेरै ठाउँ रहेछ हामी कता छन् हाम्रो परिचय के हो भनी मनमा अनेकौं कुराको द्वन्द्व भयो आफुलाई धिक्कारे अनि देशका शासकहरुलाई सम्झे,कस्ता-कस्ता कलम चलाउने विद्वान छन् ठूला-ठूला पत्रकार छन् अनेकौं अधिकारकर्मी छन् ठूलाठूला बिदेशी संस्था चलाएका अगुवा छन् अनगिन्ती कल्याणकारी संस्था छन् खोई कता छन् जतापनि चुस्न बसेका छन् ।कोही मौरी भएर चुसेका छन् कोही अरिंगाल कोही झिँगा त कोही लामखुट्टे,……… । आर्थिकरूपले देश सम्पन्न बनाउन अठोट र सोच रहेछ अनुशासन र कानूनको पालना हुँदोरहेछ कुरा कम काम बढी रहेछ , काम का साथै आश्चर्यमा परिवर्तन गर्ने कला रहेछ ।
यी सबै कुरा हामिमा किन भएन भन्दै आफूलाई प्रश्न गर्न मात्र मन् लाग्यो। वास्तविकता यही हो हाम्रो देशमा विकास हराएको छ न्यायको मूर्ति नै ढलेको छ देशको शासकीय शैली कुरुप भै चलेको छ आफन्तको मात्र हैकम चलेको छ हामी साधारण जनता जति कराए पनि कसैले सुन्नेवाला छैन राजाले पनि नचलाएको शासन चलेको छ मानवअधिकार हराएको छ अनुशासन हामीसँग डराएको छ ।
आकाश तिर हेरेर मन मनै कुरा गरे। भगवान सम्झे यदिअब एक विकल्प तिमी मात्रै छौ भन्दै जनतालाई बचाउने हो भने केवल एक आश्चर्य मय परिवर्तन गराउ भन्दै जाँदा अनी मेरा आँसु झरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।