0 COMMENTS

काठमाण्डाै २१।२०८०  / जेष्ठ १५र १६ गते प्राकृतिक रीसोर्सेस सेन्टर महाराजगन्ज को सहयोग र महिला जागरण समूह काे (बनेपा ,सेरा ३) आयोजनामा दुई दिने प्रस्तावना तथा प्रतिवेदन लेखन र बजेट बनाउने तालिम सम्पन्न गरियो।
बनेपा नगरपालिकाका प्रमुख शान्ती रत्न वज्राचार्यकाे उपस्थिति रहेको उक्त कार्यक्रममा इलामको सहयात्रा नेपाल, तारकेश्वर को सृजनशील महिला समाज र बनेपाका महिला जागरण समूहका दिदीबहिनीहरूको सहभागिता थियो।ऌ

नगरपालिकाभित्रका संघ-संस्थाहरुले नगरपालिकामा दिइने प्रस्तावनाहरु मा कार्यक्रमको लक्ष्य प्रष्ट गर्न नसक्दा वा नियम भित्र रही प्रस्तावना र बजेट मिलाउन नजान्दा स्थानिय निकायलाइ पनि रकम बाँडफाँड गर्न अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरिरहेको परिस्थितिमा यसप्रकारका तालीमले केही हदसम्म सङ्घ संस्थालाई र स्थानीय सरकार लाई पनि सहयोग पुग्ने कुरा नगर प्रमुखले बताउनुभयो भने सहभागीहरुमा देखिएको उत्साह र जागरुकता ले तालिम सार्थक भएको कुरा सहजकर्ता उत्तम निरौलाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।