0 COMMENTS

प्रतिभा भट्टराई,सप्तरी जिल्लाको राजविराजबाट १०किलोमीटर को दुरीमा दक्षिण सीमावर्ती क्षेत्रकाे भारतीय सिमाना नजीक रहेकाे छिन्न मस्ताकाे मन्दिर, छिन्न मस्ताको सखडा गाउँमा पर्दछ।
दश महाविद्या अन्तर्गत छैठौं मानिएकी माता छिन्न मस्ता भगवती एक अत्यन्तै प्रभावशाली मानिएकीले यो क्षेत्र सिद्ध पीठ हरु मध्ये नेपाल र भारतका भक्त हरूको आस्थाको केन्द्र हो। सतीदेवीको अंग समेत पतन भएको कारण शक्ति पीठ पनि भएकोले यो क्षेत्रलाई शक्ति पीठ र सिद्ध पीठ दुबै मानिन्छ भने हिन्दु हरूका साथै मुसलमान हरूले पनि याे मन्दिर मा आस्था राख्ने गरेको देख्न पाइन्छ।

नेपाली बृहत् शब्दकोशमा लेखिए अनुसार छिन्न मस्ता को अर्थ घाँटी छिनेको र आफ्नो टाउको हातमा लिई घाँटी बाट निस्केको रगतको घारा त्यसै टाउको लाई खुवाइ रहेकाे भन्ने छ। इतिहास पढ्ने हो भने पनि सन् १३२८ मा गयासुद्दिन तुगलक ले तिरहुत माथि आक्रमण गर्दा सिम्रौनगढ का मूर्ति हरु धवस्त भए सँगै यो भगवतीको मूर्ति पनि त्यही बेलाको आक्रमणमा फुटेको हुनू पर्ने इतिहासविद हरु बताउँछन्।

त्यस्तै गरी मार्कण्डेय पुराण तथा शिव पुराण जस्ता धार्मीक ग्रन्थहरुमा उल्लेख भए अनुसार यी भगवतीको उत्पत्ति कथा लाई हेर्दा जब देवी ले चण्डिकाे रूप घारण गरी दैत्य हरूको संहार सकी देवता हरूलाई विजय गराए पछि भगवतीको सर्वत्र जयजयकार गरियो तर उनको हरेक कार्य मा सहयोग गर्ने उनका जया र विजया नामका सखीहरु जसलाई चौसठ्ठी योगिनी अन्तर्गत डाकिनी र शाकिनी को नाम ले पनि चिनिन्छ। उनीहरूमा भने रगत पिउने भोक अझै रहेकाले भगवतीले आफ्नै शीर काटेर रगत पिलाई तृप्त पारेका कथा हरु सुन्न पाइन्छ भने अर्को कथा अनुसार कुनै समय माता पार्वती आफ्ना दुई सखिहरुसंग मन्दाकिनी नदीमा स्नान गर्दै गर्दा जया र विजया लाई निक्कै भोक लागेको ले भोजनको लागि केहि नभेटिए पछी आफ्ना सन्तति हरु लाई एउटी आमा ले भोक लाग्दा भोजन जुटाए जस्तै जगतकी माता ले पनि जुटाउनु पर्ने जीद गरे पछि आफ्नै शीर खड्ग ले छिनालेर दुई सखिहरुलाईतृप्त हुने गरी रगत पिलाउँदै आफ्नै बायाँ हातमा रहेकाे आफ्नो शीरमा पनि रगत पिलाएको कथा सुन्न पाइन्छ।

यसरी बिभिन्न समयमा गरेका थुप्रै कार्य हरु सँगै हजारौं नामले पुकारिने यी माता आफ्नै हातले आफ्नो शीर खड्ग ले छिनाले सँगै छिन्न मस्ता को नामले परिचित हुन पुगेकी हुन् भने आफ्ना सहायक हरूका इच्छार्थ आफ्नै शीर काटन सक्ने भगवतीले आफ्ना भक्त हरूकाहरेक प्रकारका मनोकामना पनि पूर्ण गर्दै चिन्ता हरण पनि गरिदिने विश्वासका साथ थुप्रै भक्त हरु पञ्चवली वा बोकाको बलि का साथ यस मन्दिरमा आउने गर्दछन्। दैनिक जसो ५०वटा भन्दा बढी र वार्षिक ३० हजार भन्दा धेरै बलि प्रदान् गरीने यस क्षेत्रमा वली प्रदान् गर्दा निस्केको रगतमा झिँगा नबस्नु, रगत लुगामा लागे पनि कुनै दाग नलाग्नु र रगत पोखरीको पानी मा मिसिदा रातो नहुनु तथा वली प्रदान् गर्ने नाममा राखेका पशुहरूलाई केहि नहुनु, वलिका लागि किनेका पशु हरु लाई कुकुर वा स्यालले टोकेको छ भने मन्दिर नपुग्दै मर्नु जस्ता आश्चर्यजनक काम हुने गरेको पनि भनाइ रहेको छ।
दुई प्रमूख नवरात्र र गुप्तनवरात्र सहीत भगवतीकाे आराधना गरिने तिथी र बारहरुमा निक्कै भीडभाड रहने यो मन्दिरमा हरेक दिन जसो नै दर्शनार्थी हरूको आवागमन हुने गर्दछ। सुक्ष्म रूपमा हेर्दा तीनवटा टुक्रा मिलाएर स्थापित गरीएको यहाँको मूल मूर्तिको देब्रेतिर दक्षिणकाली महिषमर्दिनी र दाहिने तीर चामुण्डा भैरवी रहेकी छिन्।
आकर्षक पोखरी, सुन्दर मन्दिरहरूको निर्माण, खुल्ला चोक, सफा र स्वच्छ वातावरण का साथ आध्यात्मिक आनन्दको अनुभव गर्न सकिने यस मन्दिरमा पुग्नु हरेक ब्यक्ति को लागि सुभ अवसर हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।