“सूर्य आफै उदाउँछ । रूखलाई हरियाली बन्न साैर्यप्रकाशकाे हरित कण अत्यन्त आवश्यक हुन्छ । घण्टी बज्नलाई हावाले हल्लाई दिनुपर्छ । आफै बज्न सक्दैन, कि त कसैले हल्लनका लागि समाएर टेकाे दिनुपर्छ ।” अघाेरी बाबाकाे प्राकृतिक चिन्तनका बिचमा जीवनकाे गति सँग जाेडिएकाे बहस चलिरहेकाे थियाे ।
अर्काे शिष्यले अघाेरी बाबालाई साेध्याे । –“श्रम र श्रमिकचाहिँ चाहिंदैन ।?” –“चाहिन्छ !” –“त्यसाे भए हँसिया र हथाैडाकाे जीवनकाे गति के हाे त ? गुरू !” उनले दिलदेखि निकै गहन ढङ्गले साेच्दै आफ्नै दलील पेसगरी रहे । कसैकाे कानमा परेन। सुन्नेहरूले सुने पनि ध्यानदिन भने छाेडिदिए । अघाेरीले आफ्नाे तर्क दिए ।
“यसमा कुनै आग्रह हाेइन, यही हाे- गतिकाे प्राकृतिक सत्य तथ्य तर यसकाे जीवनकाे गति पनि कसैकाे बलमा अडेकाे छ !” –“कस्काे त ?” –“मात्रै मान्छेकाे कमाइ खाने दिमाग र पाखुरा !” शिष्यकाे अर्काे प्रश्नचाहिँ घुमाउराे तरिकाले अघाेरी बाबाकाे कानमा पर्याे । –“यसकाे आश्रयक र गति ?” –“मान्छेकाे गतिशीलता !” चल्तिकाे समाजमा काम लाग्ने र नलाग्ने दुवैप्रकारका मानिस थिए । ती मानिसहरूलाई सङ्केत गरेर शिष्यले अघाेरीलाई साेधे ।
“त्यसाे भए कलम के हाे त ?” –“जता घुमाएर सनकमा लेखिदियाे । त्यसै लेखिदिने जात हाे !” अघाेरीले शिष्यहरूकाे प्रश्नहरू सुनिरहे । शिष्यहरूले जवाफ पाइरहे । अघाेरीकाे जवाफ सुनिरहेका समाजका शिष्यहरूका दिमाग खल्बलिन थाल्याे । गुरूकाे समाजप्रतिकाे चिन्तन एवं विश्लेषण सुनेर सम्माेहितहुँदै उनीहरू चिच्याउन, बर्बराउन र उफ्रन थाले । उनीहरूकाे चेतनाभित्र एउटा तमासाले जलेकाे जलन थियाे । –“निर्वाचन !” आफुपनि जले अरूलाई पनि जलाए । अघाेरी बाबा दुष्चक्रमा छट्पटाउन थाले ! –“या या अन्त्य !”