0 COMMENTS

२०७९/२/२८गते सनिबार /शिक्षा, स्वास्थ्य, वातावरण तथा कृषि विकास समाज काे आयोजना र तारकेश्वर क्लिनिकको सह आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।
तारकेश्वर नगरपालिका वडा नं ५ बोहोराटार मा रहेको तारकेश्वर क्लिनिक मा सञ्चालन गरिएको उक्त शिविरमा टिचिङ अस्पताल का बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ काे टिमद्वारा रोगहरूको उपचार, मुटुरोग मधुमेह र दमरोग तथा हरेक दीर्घ रोगहरूको जाँच तथा उपचार, प्रसुती गृहको वरिष्ठ महिला रोग बिशेषज्ञ द्वारा चेकजाँच तथा उपचार, मेट्रो तथा नेशनल हस्पिटलको सिनियर फिजिसियन द्वारा सम्पूर्ण रोगको चेकजाँच तथा फिजियोथेरापी सम्बन्धी परामर्श तथा दन्त चिकित्सक द्वारा दाँत परीक्षण र उपचार गरिनु को साथ साथै सामान्य औषधि वितरण सहीत सुगर जाँच, पिसाब जाँच, डाक्टरको सल्लाह अनुसार ई .सी. जि , रक्त समूहको पहिचान र थाइराइड र X-RAY मा ५०% छुटको व्यवस्था गरिएको थियो।
२१५ जनाको सहभागीता रहेको सो शिविरमा बालक,युवा, प्रौढ बृद्ध सबै उमेरका व्यक्तिहरू काे उपस्थिती देखिन्थ्यो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।