0 COMMENTS

वि.सं. २०७८ आश्विन ११ गते सोमवार तदनुसार ई. सं. २०२१ सेप्टेम्बर २७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:५३ बजे, चन्द्रास्त : दिउँसो १०:५४ बजे र चन्द्रोदय : बेलुका १०:४९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४६ बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:५८ बजे, आश्विन कृष्णपक्षको षष्ठी तिथि, दिउँसो ०१:०३ बजेसम्म, त्यसपछि सप्तमी तिथि, रोहिणी नक्षत्र, साँझ ०४:२७ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि ०५:४५ बजेसम्म, त्यसपछि मिथुन राशिमा, सिद्धि योग, साँझ ०४:५२ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा वणिज करण दिउँसो ०१:०३ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०२:०६ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : प्रवद्र्ध, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०९:५७ सम्म, त्यसपछि अग्नि वाण, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : सोह्र श्राद्धअन्तर्गत सप्तमी श्राद्ध, पर्यटन दिवस, आजको मूहुर्त :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धि हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुनेछ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रां श्रीं श्रौं स: चन्द्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
ठूलै फाइदाको आश्वासन पाइने छ । तर, यथार्थमा लाभ भने कमै मिल्नेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर पाए पनि पेटको खराबीले सताउन सक्छ । सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना पनि देखिन्छ, तर हाँकेको ताकेको काममा ध्यान पुर्याउन सकेमा सफल भइने छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ चन्द्रघण्टायै नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नम: पशुपतये न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
गर्न खोज्दा उपलब्धि नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहने छ । आम्दानीको अनुपातमा खर्चको मात्रा बढी हुने समय छ । आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शशिशेखराय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अनावश्यक र फजुलका कुराकानीमा समय बिताउनु राम्रो हुँदैन । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धि हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भार्गवाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्नसक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्नेछ । आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऋणहर्त्रे भौमाय नम: न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुमुदप्रियायै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नुपर्नेछ । महत्त्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्त्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्द्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भालचन्द्राय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।