0 COMMENTS

मानविय शरीरमा भएका अंगहरूको सुगठन बाट सुन्दर बनेको शरीर र सिँगारीएर देखिने सुन्दरताले पनि त्यतिखेर मात्र सार्थकता पाउँछ, जतिखेर सम्म ऊ भित्र चल्ने श्वास प्रश्वास ले विश्राम लिएको हुँदैन। टिक टिक को आवाजमा एकनासले चल्ने घडीको चाल जस्तै मुटुको चाल एकपटक कुनै कारणवश बन्द भइदियो भने फेरी चलाउन सकिने कुनै ब्याट्री हालसम्म नबनेका कारण त्यही टिक टिक गर्ने घडीको सहायताले मुटु धड्कीएको अनुभव दिलाउँदै घडी सँगै भित्तामा टाँगिन बाध्य हुन पुगिन्छ।

श्वास प्रश्वास रोकिनुको पछाडि थुप्रै कारण हुने भए पनि, अनि जन्म र मृत्यु आफ्नो वशमा हुन्न भन्ने कुरा जानेको भए पनि आफ्ना प्रिय ब्यक्तीहरूको अल्पायुमै भएका अकल्पनीय मृत्युमा भने ,यसो गरेकाे भए हुन्थ्यो कि ?वा यस्तो नगरेको भए राम्रो हुन्थ्यो कि भन्ने सोच ले हरपल सताइरहन्छ भने सो चोटमा समयले विस्तारै मल्हम लगाउने भए पनि बिर्सन भने जिन्दगी भर आफन्त हरूले सकेका हुँदैनन। त्यस्तै छोडेर जानेको पनिआफ्ना गर्न बाँकी धेरै काम हुँदा हुँदै परिवार सँग छुट्नु पर्दा को पिडा थाहा नभए पनि अनुमान लगाउँदा सायद असह्य नै हुन्छ।

त्यति खेर विज्ञानले उमेर लम्ब्याउने प्रविधिको आविष्कार गरेकोभएपनि, भएका प्रसस्तै सम्पती, सुन्दर अनुहार, थुप्रै इष्टमित्र, ज्ञानको विविधता, विचारमा भएका सकारात्मकता अपनाइएका सावधानी जस्ता कुराहरूले पनि नराम्रो सँग धोका दिन पुग्छन।
जसरी प्रकृतिमा भएका सम्पुर्ण जीव जस्मा बिषालु नै किन नहुन? मास्न खोजियो भने वातावरणमा असर पुग्न जान्छ त्यसै गरी मन् लागेरै गरिएका कामहरू भए पनि आजभोली देखिएका अस्वस्थकर र गलत खानपान , ब्यस्त र विलासी जीवन शैली, आलस्य का कारण गर्न नसकिएका शारीरिक व्यायाम आदि कुरा हरु ले निष्क्रिय हुँदै कमजोर बन्न पुगेका शरीरका अंगहरू ले कतिबेला समस्या उत्पन्न गराउँछन् भन्ने थाह हुँदैन। पञ्चतत्वले बनेको शरीरमा वायु काे मात्रा मिलाउन नसक्दा वा प्रकृतिले नि :शुल्क प्रदान गरेको वायु भित्रै रहेकाे प्राण वायु लाई सही तवरले लिन नजान्दा कमजोर बनेको फोक्सो ले हाल फैलिएको महामारी मा केही दिनको अन्तरालमै उमेर दार ब्यक्ती हरु को फोटोमा श्रद्धाञ्जली को शब्द लेखिएको देख्दा कतै यो काल नभएर अकाल त होईन? भन्ने संका ले सुन्ने र हेर्ने लाई नै छट्पटी हुन्छ भने भोग्ने हरूको पिडा बर्णन भन्दा पर काे विषय हो।

उमेर अनि शक्ति रहुन्जेल आफु त सर्वेसर्वा नै हो भनी ठान्ने अनि विपद् आइपरे पछी यस्तो दुःख त शत्रु लाई पनि नपरोस् भनेर भाक्ने मानविय व्यवहार, जस्का कारण आफु लाई माया गर्न बिर्सेर, आफ्ना परिवार, सम्पत्ति लगायत अन्य अनावस्यक झमेलामा आशक्ति राखेर ब्यस्त र विलासी जीवन शैली बिताउने अभिलाषा, वातावरणमा भएका प्रदुषण जस्ता खराबी हरूले मानिसमा देखिएका थुप्रै जटिल रोगहरूका साथै हाल फैलिएको महामारी जस्ले छोएको केही दिनभित्रै अनमोल मानविय जीवन समाप्त पार्दै लगेको अवस्थामा समाज त्रसित बनाएको छ। क्यान्सर, मुटुको रोग, मृगौला सम्बन्धि रोगले पनि केही समय उपचार गर्न र जीवन शैली परिवर्तन गर्न सके स्वास्थ्य मा सुधार गर्ने समय दिएकाे हुन्छ तर यो महामारीले कसैकसैलाई उपचार गर्ने र जीवन शैली सुधार्ने समय पनि दिएकाे छैन। एउटै रोग लागेर पनि कसैलाई हल्का अप्ठेरो महसुस हुने, कसैलाई निक्कै सताउने अनि कसैलाई ज्यानै जाने गरी आक्रमण गर्नुमा पक्कै मानिसको आफ्नै शरीरको सबल र दुर्बल पक्ष ले भूमिका निर्वाह गरेको हुनु पर्दछ।

यसकारण प्रकृती मा भएका हानिकारक र फाइदाजनक जीवाणु हरु , अमृत वा बीष कुन बेला कसरी सक्रिय हुन्छन् र के कस्ता आधी र व्याधि कसरी निम्त्याउँछन भन्नेकुरा कसैले जान्न सक्दैन , तसर्थ यस्ता कुराहरूबाट आफु बच्न र केही तलमाथि भइहाले फेरि संयमित भएर नयाँ जीवन जीउन अब हरेक व्यक्ति ले आफूलाई अत्यधिक माया गर्नु पर्छ। आफुलाई माया गर्ने मान्छे ले मात्र अरुलाई पनि माया गर्न सक्छ त्यसैले रोग नलाग्दै बिहानीको ब्रह्म मुहूर्त वा अमृत बेलामा उठी वैज्ञानिक सरह मानिएका ऋषि मुनी हरु द्वारा सिकाइएको योगसाधना जसभित्र श्वास प्रश्वास लाई केन्द्रित गरीगरीने, मन्त्रोच्चारण,आसन, व्यायाम अनि प्राणायाम पर्दछन।जून, लगाव र नियम पूर्वक जानकार गुरु हरूको सानिध्यमा रही गर्नाले, बिना शुल्क, शरीरका सम्पुर्ण अङ्ग हरु स्वस्थ, बलिष्ठ र कान्ति मय भए सँगै शारीरिक स्वस्थता, मानसिक शान्ति र आध्यात्मिक आनन्दको त्रिवेणी आफ्नै जीवनमा बहाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।