0 COMMENTS

काठमाडौं २५बैशाख २५, २०७८ /दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।
मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेका छन् । मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको एक प्रहरी अधिकारीले बताए ।

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।
शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।