कोविड-१९ पोजिटिब तर सामान्य संक्रमण भई घरमै बसेर कसरि ब्यबथापन/उपचार गर्ने ?
यी उपायहरुमा ध्यान दिऔं –
(१) सम्भब भएसम्म छुट्टै र हावा अहोर्दोहोर गर्न सक्ने कोठामा बस्ने,
(२) नाक र मुख राम्रोसंग ढाकेर मास्क लगाई सकेसम्म छ फिटको दुरी राखेर हरेक गतिविधिहरु गर्ने, उपयोगहीन मास्कलाई उचित ठाउमा मात्र बिसर्जन गर्ने,
(३) बिरामीले प्रयोग गरेका रुमाल, लुगा/तन्ना आदि सफा गर्ने,
(४) बिरामीको सिगान, खकार, आसु लागेका रुमाल/बस्तुलाई उचित सफाई तथा बिसर्जन गर्ने,
(५) परिवारका सदस्यहरु सम्भब भए छुट्टै सुत्ने, नभए छुट्टै ओछ्यानमा छुट्टै ओड्ने ओडेर सुत्ने,
(६) सिमित सेवक र सिमित भिजिटर मात्र आवतजावत गर्ने,
(७) बिरामीको गतिबिधि पनि सिमित गर्ने, बिरामीले सरसामान छुदै नहिड्ने,
(८) हात धुवाई र सफाइमा ध्यान दिने,
(९) अन्य व्यक्तिसंग प्रत्यक्ष्य स्वास-प्रस्वास हुने गरि नबस्ने,
(१०) बाथरुम/चर्पी प्रतेक पटक सफाई गर्ने, यस्ता स्थान भेण्टिलेसन युक्त हुन राम्रो,
(११) पटक पटक पानी, सुप, जुस, झोल पदार्थ पिउने; स्वाद परिबर्तन भए पनि पिउने; अजीर्ण हुने गरि नखाने,
(१२) पटक-पटक लामो सास लिने र छोड्ने योग गर्ने तर कठिन कसरत नगर्ने,
(१३) लक्ष्यण नहटेसम्म/कोभिड-१९ आरटि पिसिआर नेगेटिभ नभएसम्म घरमा नै बस्ने,
(१४) परिबारका अन्य सदस्यको पनि परिक्ष्यन गर्नु उत्तम,
(१५) शरीरमा अक्सिजन को अवस्था हेर्ने सानो यन्त्र लाइ अक्सिमिटर भनिन्छ। औलामा राख्दा सामान्यत ९५% भन्दा बढी हुन्छ। पटक पटक ९२% सम्म हुन सक्छ तर अक्सिजन लगातार ९२ % भन्दा कम भएमा चिकित्सक को परामर्श लिनु पर्छ। यसले मनिटर गर्दै गर्ने,
(१६) ९९ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो भएमा पारासिटामोल चक्की खान सकिन्छ तर धेरै नखाने। भिटामिन-बि खान सकिन्छ तर भिटामिन-डि अनाबस्यक नखाने। लक्ष्यण कडा हुदै गएमा वा अक्सिजन घटेमा कोभिड वार्ड भएका अस्पतालमा जानुपर्छ।
(१७) विश्वासनीय र कोभिड-१९ समर्पित स्वास्थ्य संस्था तथा चिकित्सकले दिएका जानकारीलाई मात्र भरोसा गर्ने।
सबैले मिलेर कोशिस गरौँ।