0 COMMENTS

२०७७ चैत्र ०३, पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।

यस्तै हवाई इन्धन (आन्तरिक) को मूल्य पनि वृद्धि गरिएको छ। प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरी हवाइ इन्धन (आन्तरिक) को मूल्य अब ७४ रुपैयाँ प्रतिलिटर कायम भएको छ। ग्यासको मूल्य भने यथावत् राखिएको निमगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।