0 COMMENTS

 प्रतिभा भट्टराई/आफुसँग भएको बलको घमण्ड ले बिश्व विजय गरी तीन लोकको स्वामी बन्ने इच्छा ले, कुबेर को पुष्पक विमान खोसेर ब्रह्माण्ड भ्रमण गर्ने उद्देश्यले निस्केको रावण काे विमान, धर्ती को केन्द्र मानिएको शिव परिवार विराजमान रहने कैलाश पर्वतमा गएरअडिए पछी रावणलाई आफ्नो रथ को बाटो मोड्न भनिएको थियो तर अहंकारी रावण ले यो कुरा नमानी जिद्धी गरेर , शंकर भगवानले उस्को अगाडी आएर आफ्नो परिचय दिनुपर्ने नत्र कैलाश पर्वतलाई नै समुन्द्रमा लगेर डुबाइदिने धम्की दिन थाल्यो तर देवाधिदेव महादेवलाइ रावणलाई आफ्नो परिचय दिनु आवश्यक थिएन। तब रीसले चुर हुँदै रावणले दुबै हातले सो पर्बत उठाउन थाले पछि कैलाश पर्वतमा कम्पन उत्पन्न भयो भने पूरै ब्रम्हाण्ड मा अशान्ति मच्चिन थाल्यो।

यो देखेर माता पार्वती त्रसित बन्नु भयो भने भोलेनाथ ले चाहिँ मुसुमुसु हाँस्दै रावणको अहंकार भष्म गर्न दाहिने पाउकाे बुढी औंला दबाएर आफ्नो बासस्थान लाइ स्थिर बनाउनु भयो। यो देखेर अझै क्रोधित भई हाहाकार गर्दै रावण ब्रह्माजीको शरण परी आफ्नो इच्छा पुरा नभए ब्रह्मा कै अघि आत्महत्या गरी मर्ने र त्यो ब्रह्म हत्या को पाप ब्रह्मा जीलाई लाग्ने बताउँदै जङ्गिए पछी, कैलाश पति शंकर को सामु कसैकाे जोर नचल्ने कुरा बुझेका ब्रह्मा जीले मुर्ख रावण लाई पनि सम्झाउन नसकिने देखेपछि माता सरस्वतीको आराधना गरेर उहाँ लाई रावणको बोलीमा निवास गरी भोलेनाथ सँग जोरी नखोज्न र अमृत रूपी बाणी ले शंकर जी को आराधना गर्न आदेश दिनुभयो।

ब्रह्मा काे आदेश पाएकी माता सरस्वती काे बास जिब्रो मा हुने बित्तिकै रीस ले मुर्मुरिएको रावण बिस्तारै बिस्तारै शान्त हुँदै गयो भने शिव गण हरु सँग शिव महिमा सुन्न थाल्यो र चौध दिन सम्म प्रदोष काल(साँझ काल) मा भोलेनाथ काे मीठोस्वरमा स्तुति गाउन थाल्यो।[view_video url=”q-L8JOn2Z04″]

यसै बेला भोलेनाथ को साकार रूपको वर्णन गरिएको सुन्दर शब्द हरु काे स्तोत्र सुरिलो स्वरमा रावणको मुखबाट सुनेर, आफूलाई सच्चा मनले भज्ने हरेक भक्त माथी छिट्टै प्रसन्न हुने देव शंकर भगवान रावणसँग प्रसन्न भएर ताण्डव नृत्य गर्न थाल्नु भयो र यस स्तोत्र काे नाम ताण्डव स्तोत्र राख्दै रावणलाई चन्द्रहास बाण प्रदान गर्नु भयो। त्यसपछि माता लक्ष्मी र सरस्वतीको आशीर्वाद पाएको रावणले अन्य ग्रन्थ हरुको पनि रचना गरेकाे थियाे।

यसरीअहंकारी रावणको मुखबाट निस्केको भए पनि माता सरस्वतीकोकृपा बाट रचिएको हुँनाले सारै सुन्दर शव्द हरुको प्रयोग भएको यो स्तोत्र जो कोही ब्यक्ति ले पनि अत्यन्त श्रद्धा पूर्वक प्रदोष काल मा वाचन गर्न सके भोलेनाथ काे कृपा सजिलै पाउन सक्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।