0 COMMENTS

२५ फाल्गुन २०७७, रघुजी पन्त विरुद्ध कोमल ओलीले दर्ता गराइन् गाली बेइज्जती मुद्दाकाठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गर्नुभएको छ । मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उहाँले गाली बेइज्जतीको मुद्दा दर्ता गर्नुभएको हो ।

पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताउनुभयो । ‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ उहाँले भन्नुभयो, ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ।’

ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाउनुभएको थियो । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतमा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत माग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।