0 COMMENTS

काठमाडौँ०१पौष २०७७ । संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि रुष्ट सत्तारुढ नेकपाका नेतालाई उक्त कदम अनुचित रहेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित खुमलटारमा बसेको शीर्ष नेताहरुको भेलाले अध्यादेश ल्याइनु अनुचित रहेको ठहर गरेको छ । लफलमा प्रधानमन्त्री ओलीले चालेको यो कदम असंवैधानिक भन्दै पार्टी कमिटीमा गम्भीर छलफल हुने बताइएको छ ।

भेलापछि ‘बैठक जारी भएका बेला पार्टीलाई कुनै जानकारीसमेत नदिएर अध्यादेश ल्याउनुलाई हामीले गम्भीर विषयका रुपमा लिएका छौँ,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘यसबारे पार्टीमा गम्भीर छलफल गर्छौँ र निर्णय गर्छौँ ।’

मंगलबार आदेश जारी भएपछि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए । नेताहरुले अध्यादेश फिर्ता लिनु पर्ने बताएका छन् । दैनिक नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।