0 COMMENTS

प्रतिभा भट्टराई,  हरिबोधनी एकादशी काे १५ दिन पछी अर्थात मंसिर कृष्ण पक्ष मा पर्ने एकादशी लाई उत्पत्तिका एकादशी भनिन्छ। यसै दिन एकादशीको उत्पत्ति भएको र याे नै पहिलो एकादशी भएका कारण एकादशीको व्रत बाह्रै महिना बस्ने इच्छा हुने हरुले यसै दिन देखी व्रत आरम्भ गर्ने गर्दछन। पौराणिक कथा का अनुसार, समय समयमा दानव हरुले देवता हरुलाई दुःख दिने वा स्वर्ग काे इन्द्रासनकाे मोह गरी इन्द्र लाइ हराई स्वर्ग माथि राज गर्ने र देवगण हरु भगवान विष्णुकाे शरणमा जाने अनि उहाँले अनेक प्रकार ले आफ्ना भक्त हरुको रक्षा गर्ने क्रममा सत्य युगमा मुर नामक दैत्य ले इन्द्रासनमा कब्जा जमाए पछि महादेवको शरणमा पुगेका देवता हरुलाई शंकर भगवानले क्षीर सागरमा शयन गरिरहनु भएको बिष्णु भगवान कहाँ पुर्याउनु भयो र त्यहाँ विष्णुको स्तुति गर्दै ब्युँझाएपछि, आफ्नो दुःख पोखेका देवता हरुलाई रक्षा गर्ने वाचा गरेका विष्णु ले उक्त मुर नामक दैत्य सँग लगभग एक हजार वर्ष सम्म युद्ध गर्दा पनि मार्न नसकी थकित भएर बदरिकाश्रम जानु भएकाे थियाे।

त्यहाँ सिंहावती नामको गुफामा गई निन्द्रामा लिन हुनु भएकाे मौका छोपेर गुफामा प्रवेश गरेको मुर दानव देखे पछी शयन गरेका विष्णु भगवान काे शरीर बाट दिव्य अस्त्र शस्त्र सहीत अत्यन्त रूपवती कन्या उत्पन्न भएर निक्कै शाहस का साथ लडी, सो मुर दानवको बध गरेकी थिइन्। यिनै कन्या काे नाम एकादशी थियो। निन्द्रा बाट जागा भए पछि मुर दानव काे बध गर्ने ती कन्या लाइ विष्णु भगवान ले वर माग्न भन्दा यस पुण्य तिथी (एकादशी) मा व्रत बस्ने सबैको पाप मोचन गर्न सकूँ भनेर वर मागेकी उक्त कन्या लाइ वरदान दिँदै भगवान श्री विष्णुले आफ्नो प्रीय तिथी बनाउनु भएको कुरा धर्मराज युधिष्ठिरलाई श्री कृष्णले बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।