0 COMMENTS

प्रतिभा भट्टराई /सनातन हिन्दू धर्म ले विभिन्न देवी देवता हरुका महत्व गान गरे सँगै भगवान शिव नै आफ्ना भक्तहरूको संकट निवारण गर्नकाे लागि साक्षात् बाल रूप मा पदार्पण गर्नु भएको भनेर मानिएको बटुक भैरव काे महिमा पनि अत्यधिक रहेको बताएको छ। आफ्ना सच्चा भक्तहरूले विपद् पर्दा मात्र भए पनि गरेका स्मरण र भक्तिले मात्र पनि छिट्टै प्रसन्न भएर भक्तको दुःख निवारण गर्न तत्पर , देवाधिदेव महादेव का रूप,५६ भैरव र अष्ट भैरव काे वर्णन भित्र पर्ने अति सौम्य र चञ्चल अनि आफ्ना भक्त हरुले सच्चा मनले गरेको थोरै मात्र भक्तिमा पनि छिट्टै प्रसन्न भई आफ्ना भक्तको दुःख निवारण गर्ने बटुक भैरव काे महिमा जति गान गरे पनि अपुग नै हुन्छ भने पूर्ण व्याख्या गर्नु जो कसैको लागि सम्भव पनि छैन।

हरेक मानिसको जीवनमा कुनै न कुनै किसिमका साना तिना वा जटिल समस्या हरु भएकै हुन्छन्। सबै भन्दा ठूलो पीडा दायी समस्या आर्थिक समस्या नै हुन्छ भने यसको अलावा रोग, शोक, भय, विवाह सम्बन्धी समस्या, श्रीमान श्रीमती लगायत आफन्त हरु सँगको सम्बन्ध मा समस्या, कारोबार, मुद्धा मामिला जस्ता कुराहरु का साथै हरेक अप्ठ्यारो परिस्थिति काे समाधान राम्रो दिन र तिथि पारेर गरिएका पूजा र श्रद्धा का साथ गरिएका मन्त्र साधना हरु ले मात्र पनि समाधान गर्न सकिन्छ भने आफूलाई परेको समस्या वा संकटको जटिलता अनुसार जानकार व्यक्ति को सल्लाह बमोजिम पूजा अर्चना गर्दा झन् छिट्टो र प्रभावकारी फल प्राप्त गर्न सकिन्छ।

माता पार्वती (काली) का अति प्रिय बटुक भैरव काे मन्दिर ललितपुर काे लगनखेल बस् पार्क बाट अलिकति अगाडि पर्ने स्तुपा काे अगाडि रहेको छ। मानिसको जीवनमा अप्रत्यक्ष राज गरेर शुभ र अशुभ फल दिने ग्रह हरु मध्ये अशुभ फल दिने ग्रह हरु का प्रभाव बाट मुक्ति प्राप्त गर्न काे लागि बटुक भैरव काे साधना उत्तम उपाय हुँदा हुँदै पनि ज्ञानको अभावमा र विश्वासको कमीले सामान्य काम गर्न नसकी जीवनमा दुःख भोग्नु जो कसैको लागि पनि दुर्भाग्य हुन पुग्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।