0 COMMENTS

काठमाडौं१३ कार्तिक २०७७ । जल तथा मौसम विज्ञान विभागले अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको विभागले जनाएको छ ।

विभागका अनुसार विहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरि, शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ भने राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने पवभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।