0 COMMENTS

काठमाडौँ१२कार्तिक०७७- बुधबार बडादशैंको टीकाको तेस्रो दिन पनि बिहानैदेखि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी रहेको छ। दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ।

परिवारजन तथा आफन्तकहाँ गएर टीका ग्रहण गर्ने क्रम पूर्णिमासम्म जारी रहने छ। घटस्थापनाका दिन विधिपूर्वक दसैँघरमा टीका तथा जमरा स्थापना गरिन्छ। सोही टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

ठूलाले सानालाई टीका लगाइदिएर आशीर्वाद दिने दसैँमा आफ्ना घरमा पहिला टीका लगाएर आफन्तकहाँ जाने चलन रहेको छ। दसैँले आपसी सद्भाव, सुख तथा शान्ति हुने धार्मिक विश्वास रहेको छ।यस वर्षको दसैँमा कोरोना महामारीको प्रभाव रहे पनि टीका तथा प्रसाद ग्रहण गर्ने क्रम भने जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।