0 COMMENTS

 प्रतिभा भट्टराई,११कार्तिक०७७/ असोज शुक्ल एकादशी अर्थात शारदीय नवरात्र पछि पर्ने एकादशी लाई पापांकुश एकादशी काे नामले जानिन्छ। दशैं काे समय परेका हुनाले धेरैका घरमा दुर्गा देवीको प्रसाद हुने हुँदा कसै कसैले यस एकादशी लाई गिद्धे एकादशी भनी मासु खान हुने भनेर बताएका छन भने कसैले चाहिँ यस एकादशीमा मासु खाए अर्को जन्ममा गिद्ध भएर जन्मनु पर्ने कुरा पनि बताएका छन्।

हरेक एकादशीका महिमा अपार हुने र यो झन् चतुर्मासमा पर्ने एकादशी भएकाले सके सम्म वा जाने सम्म माछा मासु रहित सात्विक आहार नै सेवन गर्नु राम्रो मानिन्छ। भगवान श्री कृष्णले युधिष्ठिरलाई सुनाउनु भएको वर्णन अनुसार यस दिन ब्रह्म मुहुर्तमा उठी एकादशीको नाम मात्र उच्चारण गर्दै स्नान गर्नाले पनि सम्पूर्ण तीर्थ गरेको फल प्राप्त गर्न सकिन्छ भने नियम पूर्वक भगवान श्री विष्णुको पूजा अर्चना तील, तुलसी, जल,फल, मिठाइ फूल धूप दीप सहित गर्दै विष्णु सहस्रनाम, सत्नाम, गीता, गोपी गीत लगायत मन्त्रहरूको जप सहित सम्पन्न गर्नाले हरेक व्यक्तिले जानेर वा नजानेर मन्, वचन र कर्मले गरेका पापहरू मोचन वा नाश भएर जानेछन्।

भगवान श्री रामले ब्राम्हण कुलमा जन्मेको भए पनि र पराक्रमी भए पनि व्यवहार र भोजन राक्षसी भएका कारण उसैको इच्छा र कर्मकाे फल तथा मोक्ष प्राप्तिको लागि नौ दिन सम्म माता दुर्गाको पूजाआराधना गरेर नवमीको दिन सिद्धि प्राप्त गरी दशमीका दिन रावणको वध गरी असत्य माथि सत्यको विजय गरेका भए पनि आफूलाई ब्रह्म हत्या लागेको विश्वास गरी उक्त पाप नष्ट गर्नका लागि सीता, लक्ष्मण, हनुमान, नल,निल लगायत आफूलाई युद्धमा सहयोग गर्ने सबै बाँदर सेनाहरुलाई साथमा लिई यो व्रत गर्नु भएको थियो। यसका साथै यस दिन व्रत बस्दा आफ्ना घरमा भएका जस्तो सुकै पितृदोश हरु पनि हटेर जाने मान्यता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।