0 COMMENTS

काठमाडौं२७अशाेज०७७ / जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गरेको छ । हीजाे (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले यस्तो दाबी गरेका हुन् ।

अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने,‘हामीले तयार पारेको कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको छ । अहिलेसम्म ६० जनालाई यो औषधीले धेरै राम्रो गरेको छ । संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’ रोकायले अहिलेसम्म नेपालका ९ जिल्लामा वितरण गरिएको पनि जानकारी दिए ।

उनकाअनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ । ‘यो औषधी धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ।’–उनले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।