0 COMMENTS

रमिला बस्नेत, काठमाडौं २३अशाेज०७७ । निरन्तर ४१ घण्टा ५ मिनेट कपल डान्स (जोडी नाच) गर्ने काठमाडौंका दिदीबहिनीलाई बिहीवार एक कार्यक्रमबीच कीर्तिमानी प्रमाणपत्र र मेडल हस्तान्तरण गरिएको छ ।
विश्व कीर्तिमानी कायम गर्ने कलंकीका एलिसा श्रेष्ठ र रुबीसा श्रेष्ठलाई वल्ड रेकर्ड फाउन्डेसन नेपालले उनीहरूले गरेको कामको उच्च सम्मान गर्दै प्रमाणपत्र मेडल सहित सम्मान गरेको हो ।
उनीहरूलाई लामो समय देखिन गिनिज बुकमा नाम लेखाउन सहयोग गर्दै आएका शर्मिला श्रेष्ठ, समाजसेवी सुवास लिम्बूले प्रमाणपत्र मेडल सहित सम्मान गर्नुभएको हो ।
नेपाली कलालाई विश्व सामु पुर्‍याउन नेपाली चेलीले गरेकोे योगदानको कदर गर्दै उक्त सम्मान गरिएको वल्ड रेकर्ड फाउन्डेसनका अध्यक्ष चित्रकुमार कार्कीले बताउनुभयो ।
आगामी दिनमा पैसाको अभावले कसैको कला मर्न नदिन फाउण्डेसन दत्तचित्त भएर लाग्ने कार्कीले खुलानेपाल डट कमलाई बताउनुभयो ।प्रमाणपत्र वितरण कार्यक्रम वल्ड रेकर्ड फाउन्डेसनको सभाहलमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।