0 COMMENTS

काठमाडाैं, १४ असाेज । शुक्रराज सरुवा रोग अस्पतालमा कोरोनाको लक्षण भएका वा नभएका दुवैथरि मानिसको भीड लागेको हुन्छ। उनीहरु आफूलाई कोरोना लागे वा नलागेको यकिन गर्नुभन्दा पनि कोरोना परीक्षणको रिपोर्ट घरधनी वा काम गर्ने कार्यालयमा लगेर देखाउन परीक्षण गर्न बाध्य भएका हुन्। लकडाउन खुलेपछि राजधानी प्रवेश गर्ने अन्तरदेशीय र अन्तराष्ट्रिय दुवै व्यक्तिलाई घरबेटीको अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट चाहिन्छ।

यी दुवै ठाउँमा परीक्षणको माग भएपछि शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक ५ देखि ६ सय जनाको लाइन हुन्छ। यी सबैलाई अस्पतालले एकैदिन व्यवस्थापन गर्न सक्दैन। माग हुँदैमा सबैको परीक्षण गर्ने नीति सरकारको छैन। सरकारको कोरोना परीक्षण निर्देशिकाअनुसार जोखिमस्थलबाट आएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र कोरोनाको कुनै लक्षण देखिएमा मात्र पिसिआर परीक्षण गर्ने नियम छ। टेकु अस्पतालमा पुग्ने सबै यो नियमभित्र पर्दैनन्। तर पिसिआर परीक्षण नगरी जानै मान्दैनन्।

परीक्षणको लागि बाध्यताले दिनहुँ लाइनमा बस्नेमध्ये कतिलाई अस्पतालले क्वारेन्टिनमा बस्नको लागि सुझाव दिएर पठाउने गरेको भए पनि पिसिआर परीक्षणको आतंक नरोकिएपछि मंगलबारदेखि अस्पतालले सबैको परीक्षण गर्ने निधो गरेको छ। ‘सामाजिक सम्मान र मानवीय हिसाबले पनि उनीहरुको सबैको परीक्षण गर्ने व्यवस्थापन गरेका छौं, आज सबैको नमुना संकलन ग-यौं,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नागरिकसित भने। सबैको परीक्षण अस्पतालबाट सम्भव नभएपछि नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालेको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।