0 COMMENTS

प्रतिभा भट्टराई/पुरुषोत्तम महिनाको शुक्ल पक्ष मा पर्ने एकादशी लाई पद्मिनी एकादशी वा पुरुषोत्तम एकादशी पनि भनिन्छ। अधिकमास मा गरिएका सुभ कर्महरूको फल पनि अत्यधिक भए सँगै यो बेलामा परेको एकादशीको तिथिमा गरिएका पूजा,पाठ जप, दान हरिनाम संकिर्तन्,कथा वा माहात्म्य को श्रवण जस्ता कर्म हरुको फल पनि अधिक नै पाइने बताइएको छ। कमला एकादशी को नामले पनि चिनिने यो एकादशी तीन वर्षमा मात्र आउने गर्दछ अर्थात् फेरि यही एकादशी आउनको लागि ३२ महिना कुर्नु पर्ने हुन्छ।
दशमीको दिन बेलुका देखि नै सात्विक भोजन गरी भोलि पल्ट विहान स्नान पछि सूर्य नारायन लाई जल अर्पण गरी आफ्ना पूजा कोठामा भएका शालिग्राम वा कुनै पनि भगवानको पूजा गंगा जल, पञ्चामृत, फल, फूल ,धूप दीप तुलसी पत्र सहित ले पूजा गरी ,सम्भव भए सम्म पिपल र तुलसीको ११ पटक परिक्रमा पनिगरी पूजा अनि विष्णुसहर्ष नाम, गोपाल सहस्र नाम, गजेन्द्रमोक्ष, आदि को पाठ, जप लगायत अखण्ड दीप प्रज्ज्वलन गर्दै पुरुषोत्तम महिनामा विशेष महत्व राख्ने मालपुवाको भोग तथा दान गरी एकादशीको व्रत विधि हरु सके सम्म सबै पालन गर्नु पर्दछ।
भगवान श्री कृष्णले धर्मराज युधिष्ठिर र अर्जुनलाई बताउनु भएको,व्रत हरुमा श्रेष्ठ रहेको एकादशी र त्यसमा पनि पुरुषोत्तम महिनामा परेको एकादशी भएका कारण यसको महत्त्व अझै धेरै रहेको पाइन्छ। मानिसको जीवनमा आइपर्ने सबै प्रकारका समस्या हरू निवारण गरी सुख,शान्ति स्वास्थ्य र जीवनमा सकारात्मक ऊर्जा प्राप्त गर्नका लागि यो एकादशीको व्रत उत्तम मानिन्छ त्यसैले आफ्नो समय र शरीर का कारण व्रत गर्न नसक्ने हरुले पनि सूर्य उदय हुनु अगावै एकादशीको नाम उच्चारण गरी स्नान, पूजा, जप, पाठ र कथा र महात्म्य श्रवण मात्र गर्नु पनि अति शुभ मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।