0 COMMENTS

काठमाडौं, १० असोज । कोरोना भाइरस संक्रमणका कारण दोस्रो पटक अर्का नेपाली सेनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा बझाङ जिल्ला स्थायी घर भएका २० वर्षीय जवान रहेका छन् । उनलाई बिहीबार मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि अवस्था गम्भीर रहेका जवानको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।

यसअघि उनी असोज ५ गते छारे रोगको लक्षणसहित बिरामी परेको सैनिक अस्पतालले जनाएको छ । नेपालमा हाल १ हजार ६५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । यसअघि नेपाली सेनामा कार्यरत एकको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।