0 COMMENTS

काठमाडौं २४भदाै०७७। मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कुल संक्रमितमध्ये ६८ दशमलव ४७ प्रतिशत डिस्चार्ज भएका छन् । ३२ हजार ९ सय ६४ संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो साता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंगलबारसम्म देशभर १४ हजार ८ सय ६८ सक्रिय संक्रमित उपचाररत छन् । गत बिहीबार १८ हजार ४ सय १३, शुक्रबार १८ हजार ४ सय ४, शनिबार १७ हजार ८ सय ७० सक्रिय संक्रमित उपचाररत थिए ।

यस्तै, गत आइतबार १७ हजार २७, सोमबार १६ हजार २ सय ५९ जना सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत थिए । डिस्चार्ज हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । देशभर मंगलबार थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । योसहित संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ । मंगलबार इलाममा एक, उदयपुरमा दुई, ओखलढुंगामा १३, झापामा १६, मोरङमा ५१ र सुनसरी ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

धनुषामा ३३, पर्सामा १४, बारामा १२, महोत्तरीमा ४, रौतहटमा ८, सप्तरीमा १८, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेमा २, चिततवनमा २०, दोलखामा २, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ५८, मकवानपुरमा २४, रामेछाप आठ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्कीका ३०, गोरखाका १८, तनहुँका ३, नवलपरासी पूर्वका ७, पर्वत १, लमजुङका २, बाग्लुङका १० र स्याङ्जाका १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी १-१, दाङमा ३, बर्दियामा ७, बाँकेमा ५, रूपन्देहीमा २१ र रोल्पाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशको दैलेखमा एक र सुर्खेतमा १८, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ९ र कैलालीमा ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा मंगलबार ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय, ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ । काठमाडौंमा ६ हजार २ सय १७, ललितपुरका ९ सय ७७ र भक्तपुरमा ७ सय ८२ संक्रमित पुगेका छन् ।

हालसम्म देशभर आरटी–पीसीआर प्रविधिबाट ७ लाख ८८ हजार १ सय ७४ पटक कोरोना परीक्षण गरिएको छ । देशभर ५ हजार ३ सय १० जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये २३ जना भेन्टिलेटर र १ सय २१ जना आइसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।