0 COMMENTS

काठमाडौं२२भदाै०७७/ काठमाडौं मेडिकल कलेजले सरकारले तोकेको भन्दा सस्तो शूल्कमा पीसीआर परीक्षण गर्ने भएको छ ।कोरोना महामारीको यस विषम परिस्थितिमा सामाजिक दायित्वबोधअनुरुप सकारले तोकेको शूल्कभन्दा सस्तोमा पीसीआर परीक्षणको व्यवस्था मिलाएको अस्पतालले जनाएको हो ।

अस्पताले एक सूचना जारी गर्दै व्यक्तिगत रु २ हजार ५९९ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी एक पटकमा कम्तिमा २० वटा स्वाव परीक्षण गराउने संघ संस्थालाई प्रति परीक्षणको २ हजार ४९९ शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

देशका कुनै पनि वित्तीय संस्था, उद्योग, शैक्षिक संस्था, विदेशी नियोग तथा अन्य सांगठनिक संघ संस्था समेतमा कार्यरत व्यक्तिहको पीसीआर टेस्ट गराउने अस्पतालले जनाएको छ ।

सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण लागि न्युनतम शुल्क चार हजार तोकेको छ ।अस्पतालले कोरोना भाइरसको यस परिस्थितिमा सबैलाई सुरक्षित रहन तथा उच्च सुरक्षा सतर्कत अपनाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।