0 COMMENTS

ललितपुर१९भदाै०७७- ललितपुरको पुल्चोकमा बिहिबार भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए।

उनीहरूले परीक्षणका लागि कहिले स्वाब दिएको भने यकिन छैन। उनका अनुसार ती १८ जना बिहीबारको झडपमा खटिएका प्रहरी हुन्।शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जनामा संक्रमण देखिएको छ। ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५-१५ जनामा संक्रमण देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।