0 COMMENTS

काठमाडौं १६भदाै०७७– सरकारले श्रम स्वीकृति खुलाएको छ ।वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि दिइने श्रम स्वीकृति खुलाउने निर्णय मन्त्रिपरिषदले गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिए ।

‘अहिलेलाई नयाँ श्रम स्वीकृति खुलेको हो भनेर बुझ्नुपर्छ, थप कुरा विस्तारै आइहाल्छ,’ महानिर्देशक दाहालले भने ।सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागको आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गरिएको पनि महानिर्देशक दाहालले जानकारी दिए ।

सरकारले पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि खुलाएको हो । पुन : श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ । तर श्रम स्वीकृति भने ताहाचल कार्यालयबाट मात्रै पाइन्छ । काठमाण्डौमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन ।कोरोना भाइरसको महामारीको कारण गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।