0 COMMENTS

प्रतिभा भट्टराई/क्षिर सागरमा सयन गरेका विष्णु भगवान दुई महिना पछि कोल्टे फेर्ने दिन वा भाद्र शुक्ल पक्षको एकादशी लाई हरिपरीवर्ति नी एकादशी भनिन्छ। वर्ष भरीमा पर्ने २४ एकादशीमा विष्णु भगवान का २४, अवतार को पूजा गरिए सँगै यो एकादशीमा कश्यप ऋषि र उनकी पत्नी अदितिका पुत्र वामन अवतार विष्णु भगवान को पूजा गरिन्छ।
अन्य एकादशी हरु झैं स्नान गरी पञ्चामृत, पहेँला सेता पुष्प, जल फल र धूप दीप को प्रयोग गरी, अखण्ड दीप प्रज्ज्वलन सहित विष्णु लक्ष्मी, शालिग्राम, बालगोपाल, तुलसी लगायत आफ्ना पाञ्चायन देवता हरुको पूजा गर्दै भागवत, गीता, विष्णु सहस्रनाम आदिको पाठ सहित आफ्नो समय र स्वास्थ्य को ख्याल राख्दै गरिने यो एकादशीको कथा धर्मराज युधिष्ठिरलाई श्री कृष्ण ले बताए अनुसार वामन अवतार विष्णु भगवान र त्रेता युग का अत्यन्त दानी, सत्यवादी अनि धर्मात्मा,दानव राजा बलि सँग सम्बन्धित छ।

राजा बलि को धर्म तथा दान र ब्राम्हण हरुको उचित सत्कार का कारण स्वर्ग का राजा इन्द्रलाई अप्ठ्यारो महसुस भए पछि भगवानको शरण पर्न गए पछि बलि लाई छल गर्नका लागि वामन अवतार विष्णु भगवान, बलि राजा, अश्वमेध यज्ञ गरिरहेका बेलामा बटुक ब्राह्मणको रूप धारण गरी तीन पाउ जमीन माग्न जानु भएको थियो। अनि बलिले यसलाई सामान्य सम्झेर संकल्प सहित दान गर्ने वचन दिएका थिए। तर वामन भगवान बलि राजालाई छल गर्नका लागि गएकाले आफ्नो स्वरूप लाई विशाल बनाएर दुई पाउ मै सारा ब्रह्माण्ड नापिदिएर तेस्रो पाउ राख्ने ठाउँ मागे पछि बलि राजाले अत्यन्त विनम्रता पूर्वक आफ्नो शिर मा राख्न भगवानको अगाडी झुकेका थिए। यो देखेर आफूले छल गरेर सर्वस्व हरण गर्दा पनि विनम्र बनेका बलि देखि प्रसन्न भएर भगवान विष्णुले अर्को मन्मन्तर्मा बलि लाई इन्द्र हुने आशीर्वाद सहित हरिपरीवर्तिनी एकादशीका दिन आफू एक रूपले क्षीर सागरमा सयन गरे पनि अर्को रूपले राजा बलि सँगै पाताल लोकमा बस्ने वचन दिनुभएको थियो।

यसरी लक्ष्मीआफ्नै साथमा भएका भगवान भक्तको धन नभएर मात्र भाव को भोको हुनु भएको ले यस्ता विशेष महत्व राख्ने तिथीहरुमा सके नियम पूर्वक व्रत बस्ने र नसके पनि एकादशीको माहात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेको फल मिल्ने विश्वास शास्त्र ले दिलाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।