0 COMMENTS

प्रतिभा भट्टराई/कृष्ण अष्टमीको १५ दिन पछि आउने भाद्र शुक्लअष्टमी लाई राधा अष्टमीको नामले चिनिन्छ। दुबोको प्रादुर्भाव पनि यसै दिनभएको हुनाले यो दिन लाई दुर्बाष्टमी , अनि सुदुर पश्चिम मा मनाइने गौरा पर्व यसै दिन पर्ने हुनाले गौराष्टमी र समय परिस्थिति अनुकूल भएका बेलामा कागेश्वरी मा मेला लाग्ने भएका कारण कागे अष्टमी पनि भनिने यो दिन देखि १६ दिन सम्म गरिने महालक्ष्मी को पूजा पनि सुरु गरिन्छ।

राधा,श्री कृष्णले पनि भक्ति गरिने शक्ति अनि उनको जन्म दिन का साथै अन्य विशेष दिन हुँदा पनि यो दिनको चर्चा भने श्री कृष्ण जन्माष्टमीको जस्तो हुँदैन। कृष्ण को जन्म भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा रातको १२ बजे भएको थियो भने राधा रानीको जन्म वर्षाना को राहुल गाउँमा भाद्र शुक्ल पक्ष अष्टमी तिथि मा सोमबार दिउँसो १२ बजे भएको थियो।

यसरी हेर्दा राधा श्री कृष्ण भन्दा १५ दिन ले कान्छी देखिए पनि उहाँ श्री कृष्ण भन्दा एक वर्ष जेठी हुनुहुन्छ।
शास्त्र ले बताए अनुसार, हिमालय पर्वतमा शिव पार्वती,वैकुण्ठ मा विष्णु लक्ष्मी अनि ब्रह्म लोकमा, ब्रह्मा सरस्वती को निवास भए झैं गोलोक धाम मा ,राधा का साथ बास गर्ने श्री कृष्ण लाई, गीता मा वर्णन गरे झैं जब जब जगतमा अन्याय र अत्याचार ले सीमा नाघ्न थाल्छ तब भगवानको अवतरण हुने वचन पूरा गर्न का साथै महाभारतको युद्ध लगायत अन्य थुप्रै कार्य सम्पादनको लागि धर्तीमा जन्मनु पर्ने भए पछि कृष्ण द्वारा भक्ति गरिने शक्ति राधाले पनि कृष्ण भन्दा एक वर्ष अघि नै पिता वृष भानु र माता कृतिदा (कलावती)को पुत्रीको रूपमा जन्म लिएकी थिइन् तर राधा ले आफ्नो नेत्र भने श्री कृष्ण पनि एक वर्षका जति भए पछि उनकी आमा यशोदा र नन्दबाबा ले राधा का माता पिता लाई पुत्री को जन्म भएकोमा बधाई दिन गएका बेला कृष्ण लाई पनि सँगै लिएर गएकी ले कृष्ण को स्पर्श भए पछि मात्र खोलेकी थिइन् अर्थात् राधा ले पहिलो दर्शन नै कृष्ण को गरेकी थिइन्।
आत्मा एउटै भएर देह मात्र फरक भएका राधा र कृष्णको मिलन सूर्य र प्रकाश को जस्तै हुन्छ। जसरी सूर्य बाट प्रकाश लाई अलग गर्न सकिन्न त्यसै गरी राधा बाट पनि कृष्ण लाई वा कृष्ण बाट राधा लाई अलग राख्न सकिन्न।
कतिले, राधा र कृष्ण कि पत्नी रुक्मिणी एकै हुन् भने पनि रुक्मिणी लक्ष्मी कै रूप हुन् तर लक्ष्मी राधाको रूप होइनन्। राधा कृष्ण ले पनि आराधना गरिने शक्ति भएकि ले कृष्ण को नाम हजार चोटि उच्चारण गर्नु र राधा रानीको नाम एक पटक मात्र उच्चारण गर्नु मा बराबर फल मिल्छ भनेर पुराणमा समेत उल्लेख गरिएको छ भने श्री कृष्ण स्वयम् पनि आफ्नो निन्दा सहन सक्नु हुन्छ तर आफ्नी अाल्लाँदिनी शक्ति राधा रानीको निन्दा सहन सक्नु हुन्न। त्यसै कारण पनि कलियुग लागे सँगै धर्म मा अविश्वास बढेर श्री कृष्ण का चरित्र मा नकारात्मक टिप्पणी गरिने हुनाले राधा तत्व लाई निकै गोप्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।