0 COMMENTS

नेपाल कम्युनिस्ट पार्टिका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल अर्थात प्रचण्ड सहित माधब कुमार नेपाल र झलनाथ खनाल र १६ स्थायि कमिटि सदस्यले प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपि वलि कोराजिनामा मागे । यो कस्तो अवस्था हो राजिनामा माग्ने बेला भयकै हो त ?

बिस्व महामारी कोरोना ले देश आक्रान्त छ । बाढि पहिरोले देश का हजारौ सख्यामा नागरिक तितरबितर छन सयौ को ज्यान गयो । देशमा कोरोना बिरामिका खातिर सुरक्षित क्वारेन्टाइन, आइसोलोसन र भ्यान्टिलेटर छैन । पार्टि नेतृत्व पदिय भगबन्डा लियरै गुटे भेला, पत्रकार सम्मेलन र गोस्ठि गर्दैछन । अलिकति पनि कम्युनिस्ठ आचरण देखाउन सक्दैनन भने यो पदिय लुछाचुँडी किन? २०७५ जेठ ३गते तत्कालीन एमाले र माओबादि केन्द्र को एकिकरण पस्चात बनेको नेकपा अब फुट को सघारमा छ । अझ झलनाथ खनाल र प्रचण्डको भाषामा त पार्टि फुटिसकेको छ औपचारिक घोषणा हुन मात्र बाकि छ । पार्टि किन र कस्का लागि फुट्दैछ , पार्टि फुटे के हुन्छकस्लाइ फाइदा हुन्छ ? यि प्रश्न जिबित छन तर उत्तर मुर्दाघर मा पनि छैन ।

सरकार यति बेला कोरोना महामारी का बिरुद्द र बाढि पिडित लाई सहयोग र उद्दार गर्न ब्यस्त छ । देशका बिभिन्न जिल्ला मा कोरोनापरिक्षण मसिन पुगिसकेको छ । अन्य मुलुक भन्दा हाम्रो देश मा जनसङ्ख्या को आधार लाई मान्ने हो भने कोरोना परिक्षण उच्च छ योसरकार को सफलता हो । त्यस्तै बाढि पहिरो नियन्त्रण मा पनि सरकार को दरिलो उपस्थिति छ यो पनि सरकार को सफलता हो । यहिकाम कार्यलाई कस्ले सपोर्ट गर्नु पर्ने थियो ? पार्टि केन्द्र देखि स्थानिय तह सम्म दुबै अध्यक्ष र नेताहरु ले आ आफ्नो क्षेत्रमासवेदनशिल तवर ले सरकार लाई सघाउनु पर्ने अवस्थामा सरकार र सरकार को नेतृत्व गर्नु भयका पार्टि अध्यक्ष तथा प्रधानमन्त्री माथिसत्रुको ब्यवहार देखाउने आफ्नै पार्टिका बिबेकहिन नेताहरु लाई आम जनता ले कसरि लिन्छन यो त भबिस्यले जनाउने छ ।
गोयबल्स सैलि मा प्रस्तुत प्रचण्ड , माधब र झलनाथ खनाल आखिर के का लागि राजिनामा दिने त , राजिनामा दिय बिकल्प के त ? प्रधानमन्त्री ले राजिनामा दिदा कुन अनुहार प्रस्तावित छ त प्रचण्ड ? कदापि हैनन !
दुइ पट्क प्रधानमन्त्री को कुर्चिमा बसिसकेका प्रचण्ड ले के नयां दियका थिय र अब के दिन्छन ?
माधब कुमार नेपाल उनि पनि एक कार्यकाल प्रधानमन्त्री भय के नया दिय र अब के आशा गर्ने ?
झलनाथ खनाल अह यि त झन कदापि वलि को बिकल्प हुनै सक्दैनन उनि पनि एक कार्यकाल प्रधानमन्त्री भैसकेका छन केहि नया दिनसकेनन अब फेरि वलि तिरै फर्कौ भने उनले देश लाई धेरै दियका छन । चिन सङ को पारबाहन सम्झौता देखि लियर भारत सङ कोपेट्रोलियम पाइप लाइन देखि नेपाल सुरुग्ं मार्ग मा प्रबेश गरेको इतिहास भर्खरै वलि कै पालामा रचियको हो । रेल मार्ग देखि जलमार्गको इतिहास पनि वलिकै देन हो । तुइन मार्ग देखि पुल मार्ग पनि वलि कै देन हो जसमा साउन महिना सम्म ३४६ झोलुङे पुल बने ।अझ खोतलौ भने लगभग ६ दशक देखि गायब नेपाल को चुच्चे नक्सा मा पनि वलि कै देन छ । लुटियका सयौ बिघा सरकारी कोवापसि पनि वलि सरकार कै देन हो ।
यि यावत बिषय सर्बबितितै कुरा हुन जो हरेक कम्युनिस्ट सरकार भन्दा बिल्कुल नया दियका बिषय हुन । मनमोहन पछि कुनै सरकारलोकप्रीय छ त त्यो वलि सरकार नै हो एसमा कुनै दुई मत छैन । प्रधानमन्त्री र चुनाब मा पार्टिको कमान्डर का रुपमा वलि लाई अघिसारियो । नौ महिने सरकार सचालन मा उनले देखायको अदम्य र अटल साहस  नाकाबन्दी को सामना र भारतीय पक्ष सङ कत्ति पनिबिचलित नभै देखायको अटुट बिस्वास का कारण वलि नै अब को भाबि पाच्ं बर्ष का लागि नै जनता ले अभिमत दिय ।त्यो अभिमतप्रचण्ड , माधव वा झलनाथ ले ल्यायको हैन बिसुद्द केपि वलि कै कारण आयको हो ।

पार्टि भित्र दुई धार प्रस्ट छ वलि र प्रचण्ड – माधब । तर पनि वलि लाई टसमस गर्न सक्दैनन यो ससदिय ब्यवस्था हो । सम्सदियब्यवस्था मा जोड घटाव ससदिय द्ल भित्र पनि उत्तिकै महत्वपुर्ण हुन्छ । वलि ले प्रस्ट आफ्नो बिचार राख्नु भयको छ कि नया अनुहार किमहाधिवेशन बाट नेतृत्व हस्तान्तरण । पार्टिको सर्बोच्व निकाय महाधिवेशन को फैसला वा पुस्ताहस्तान्तरण आज को आवश्यकतापनि हो यो बिचार सङ सहमत नहुनेहरु बिधि , बिधान र पद्दतिको कुरा कसरि गर्न सक्छन ? ३ दशक बढि पार्टि चलायका प्रचण्ड , डेडदसक पार्टि हाकेका माधब नेपाल र झन्डै एक दशक पार्टि चलायका झलनाथ खनाल ले आफु नेतृत्व मा हुदा पार्टिलाई तहस नहसबनायका उदाहरण तमाम छन । प्रचण्ड ले बाबुराम भट्टराई , आफ्नै राजनीतिक गुरु मान्दै आयका मोहन बैद्द, उनकै बिस्वास पात्रभनियका नेत्र बिक्रम चन्द ( बिप्लप ) लाख पाखा लगाय र शक्तिशाली माओबादि पार्टि तहस नहस पारे । माधब नेपाल पार्टिमहासचिब हुदा एमाले लाई आधा बनायर चोइटाय जो माले भयर गयो ।

झलनाथ खनाल ले पार्टि लाई एउटा क्षेत्रीय पार्टि सारह बनाई भाले न पोथिको दाग लगाय र आज वलि ले नेपाल कै शक्तिशाली पार्टि रचुनाब मा झन्डै दुइ तिहार पुर्याय । यि सबै तितर बितर वाक्यहरु एक ठाउ जोडौ भने वलि नै आज को आवस्यकता र नेतृत्व हो अरु कुनैबिकल्प छैन ।
त्यसैले साडेको झर्छ र खाउला नसोचेकै उत्तम होला ।

लेखक
साबिक युवा सघ्ं नेपाल बर्दिया
क्षेत्र न १ का अध्यक्ष
हाल काठमाडौं

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।