0 COMMENTS

काठमाडौं०५साउन०७७ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानहरूमा मध्यम वर्षा मापन गरिएको विभागले जनाएको छ। बिण्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतमा पानीको बहाव बढेकोले किनारको क्षेत्रमा बिहान ३ घण्‍टासम्म सतर्क रहन अनुरोध गरिएको छ।

त्यस्तै बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउनसक्ने, नदी किनार र डुवान भईरहने सम्भावनाप्रति सचेत गराउँदै होचा स्थानमा दिउँसो सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

परासी,बर्दघाट,डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा भएको छ। आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउनसक्ने भएकोले बिहान १० बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ।

त्यसैगरी पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको, थप वर्षा हुनसक्ने, डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने, राप्तीमा पनि जलसतह केहि बढ्ने, डुवान भईरहने भएकोले नेपाल बाढी सूचनाले होचा स्थानमा दिउँसोसम्म सतर्क रहन अनुरोध गरेको छ।

डडेलधुरा क्षेत्रमा १०० मिलिमटर वर्षा मापन भएको छ। आसपास भएर बहने नदी तथा खोला किनारमा सतर्क रहन भनिएको छ।
चित्रले २ घण्टामा १०० मी.मी. बर्षा भएको संकेत गर्दछ ।

प्रदेश १, २, बागमती र सूदूरपश्‍चिमका तराईका साना खोलामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन सचेत गराइएको छ। त्यस्तै प्रदेश १ र २ को तराई क्षेत्रमा डुबान भईरहने साथै होचा स्थान र नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।