0 COMMENTS

काठमाडौं, ०२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ । कतिपयले रामकाे जन्म पर्सा जिल्लाकाे ठाेरीमा पर्ने भनाइ राखिरहेको बेला चितवनकाे अयोध्यामा पनि पुरातत्व विभागले अनुशन्धान गर्ने भएको छ । पर्साको ठाेरीसहित सम्भावित क्षेत्रहरुमा पनि यसअघि नै अनुशन्धानका लागि उत्खनन थालिएको पुरातत्व विभागले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा रामको जन्म नेपालमा भएको तर भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप भएकाे बताउनुभएपछि यसको ठोस प्रमाणका लागि पुरातत्व बिभाग लागि परेको हो । रामको जन्म अयोध्या मै भएको जानकारहरु बताउछन् । अयोध्या भन्ने स्थान चितवन जिल्लामै हुनाले रामको जन्म नेपालमै भएको प्रधानमन्त्रीको मत थियो । चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयको अनुमान पनि छ ।

सो क्षेत्रमा आजबाटै अनुशन्धानको काम थाल्ने बताइएको छ । माडीका स्थानीय तथा त्यहाँका सरोकारवालाहरु रामको जन्म माडीमा हुनसक्ने प्रमाण्हरु धेरै भएको बताउछन् । त्यसक्षेत्रमा वाल्मिकी क्षेत्रमा घोडा बाँध्ने स्थान, सीता पाताल भासिएको स्थान, पानीको कुवा लवकुश खेल्ने स्थान, पुराना इटाका टुक्रा, ढुङ्गा, माटो जस्ता प्रमाणहरु रहेको स्थानीय बताउछन् । प्रधानमन्त्री ओलीले रामको जन्म नेपालमा भएको बताएपछि देश तथा विदेशमा सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।