वि.सं. २०७७ श्रावण ०२ गते शुक्रबार तदनुसार ई. सं. २०२० जुलाई १७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११४०, (दिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:२० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२४ बजे र सूर्यास्त : साँझ ०७:०५ बजे, श्रावण कृष्णपक्षको द्वादशी तिथि, बेलुका १०:५७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, रोहिणी नक्षत्र, साँझ ०७:५२ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), बृद्धि योग, मध्यरात्रीपछि १२:१८ बजेसम्म, त्यसपछि ध्रुव योग, कौलव करण, बेलुका १०:५७ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : मित्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, नक्षत्रशूल : पश्चिम, आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), कलशचक्र,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
हाँकेको ताकेको काममा सफल भइने छ । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )