0 COMMENTS

 काठमाण्डाै १साउन०७७/श्रावण कृष्ण पक्ष मा पर्ने एकादशीलाई कामिका एकादशीको नामले चिनिन्छ। चतुर्मास, संक्रान्ति अनि विहीबार परेका कारण अधिक महत्व रहेको यो एकादशीको महिमा श्रावण महिनामा परेको हुनाले अझै बढ्न गएको छ। ब्रह्माजीले नारद ऋषिलाई बताएको अनि भगवान श्री कृष्णले युधिष्ठिरलाई सुनाउनु भएको यो एकादशीको कथा अनुसार यस एकादशीमा भक्ति पूर्वक व्रत गर्नाले, मानिसले जानेर वा नजानेर गरेका ब्रह्म हत्या, भ्रूण हत्या लगायत समस्त पाप हरुबाट मुक्ति पाउन तथा उमेर, पद र प्रतिष्ठा भएका बेलामा जानी जानी गरेका पाप हरुबाट मिल्ने मानसिक अशान्ति बाट शान्ति प्राप्त गर्न पनि यो एकादशीको व्रत अति उपयोगी मानिन्छ। त्यस्तै व्यक्ति ले आफ्नो भाग्योदय गर्न, अहिलेको समयमा जो कोहिले गर्न नसक्ने भूमि दानको फल प्राप्त गर्न,तथा विहीबार परेका कारण बृहस्पति ग्रह सँग सम्बन्धित समस्या हरुको समाधान गर्न पनि यो व्रत अति नै उत्तम रहेको छ।

बिहानै ब्रह्म मुहूर्त मा उठेर स्नान गरी, विष्णु भगवानको रूप मानिएको तुलसीको बोटमा जल अर्पण पश्चात पुजा आरती र शंख, चक्र, गधा, पद्म धारी,श्रीधर विष्णु भगवानको जानेको ,सकेको र भ्याएको कुरा समेटी हीरा मोती र अन्य गरगहना भन्दा पनि अधिक प्रीय तुलसीको पत्ता ले पूजा, अर्चना पाठ(विष्णु सहस्रनाम, सत्नाम, गीता, भागवत, नारायण कवच) सहित दिनरात दीप प्रज्ज्वलन गरी नियम पूर्वक गरिएको व्रतको पुण्यको गणना चित्रगुप्त ले पनि गर्न नसक्ने वर्णन एकादशीको माहात्म्य मा बताइएको भए पनि सम्पूर्ण व्रत विधि पालन गर्न नसक्नेलेे पनि एकादशीको नाम उच्चारण गर्दै स्नान, पुजा र दिनभर दुष्कर्म छाडेर सत्कर्म हरु गर्दै भगवानको जप र स्मरण साथै कथा मात्र श्रवण गर्दा पनि अत्यन्त शुभ फल पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।