0 COMMENTS

काठमाडौ १२ असार ०७७। मुलुकमा तीन महिना भइसक्दा पनि लकडाउन पुर्ण रुपमा खुल्न सकको छैन । जसका कारण आम विपन्न तथा मजदुरहरुको घरमा चुल्हो नै बल्न छाडिसकेको छ । सरकारले बाडेको राहत पनि सुरुवातीमा नै सकिएको छ । लकडाउन सुनेसाथै सरकारले राहतको घोषणा गरेपनि एक महिना पनि सरकारको राहत पुगेन जसका कारण गरिव तथा विपन्न एवं मजदुर परिवारलाई झनै समस्या बडदै गयो । फलस्वरुप सरकारको राहत फलामको चिउरा जस्तै बनेपछि विपन्न तथा मजदुरहरुको लागी केही संघसंस्था जुटन थालेका छन । सामाजिक उत्तरदायित्वको भावना सहित समाज सेवा गर्दै आएको अहमादिया संघ नेपालले पछिल्लो समय विपन्न तथा मजदुरहरुमा परेको समस्यालाई ध्यानमा राख्दै मलमपट्टि लगाउने काम (राहत ) जुटाउने काम गर्दै आएको छ ।

संघले शुक्रबार काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडा न १० स्थित बालउद्धार माध्यमिक विद्यालयको प्राङगनमा राहत वितरण गरेको छ । सेवा नै धर्म हो भन्ने मुलमन्त्र सहित सामाजिक काममा जुटेढको अहमादिया संघले शुक्रबार करिव ८० परिवारलाई राहत वितरण गरेको हो । वडाको सम्न्वयमा वडाका प्रतिनिधिलगायतको सहभातिमा संघले राहत वितरण गरेको हो । संघले यस अघि पनि बुढानिलकण्ठ नगरपालिका वडा न ८ मा राहत वितरण गरेको थियो भने विरन्जमा समेत राहत वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।