0 COMMENTS

काठमाडौँ१०असार०७७ / बहसमा रहेकाे नागरिकता बिधेयकमा पूर्वराजा ज्ञानेन्द्र शाहले प्रतिकृया जनाएका छन् । उनले टुइट गर्दै लेखेका छन् विश्वमा सबै देशका नागरिकता सम्बन्धी आ-आफ्नै कानून भएकाे बताएका छन् । कुनै पनि सार्वभौम देशको आफ्नै प्रकारको कानून हुने उनले बताएका छन् । उनले भनेका छन् “देशको नियम कानून समयानुसार फेरबदल हुनु आवश्यक पनि हुन्छ । जनमतको कदर गर्नु सबै राजनैतिक दलको अनिवार्य दायित्व पनि हो।”

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको छ । राज्यव्यवस्था तथा सुशासन समितिले विधेयकलाई झन्डै २ वर्ष लगाएर प्रतिवेदन तयार पारेको थियो । विदेशी महिलाले ७ वर्ष पछि वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधान राखेर समितिले विधेयकलाई टुंगो लगाए पनि मधेस केन्द्रीत राजनीतिक दलहरूले यस प्रावधानको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।