0 COMMENTS

वि.सं. २०७७ आषाढ ०७ गते आइतबार तदनुसार ई. सं. २०२० जुन २१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (तछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे, आषाढ कृष्णपक्षको अमावस्या तिथि, दिउँसो १२:०४ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, मृगशिरा नक्षत्र, दिउँसो ०१:३१ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, दिउँसो ०२:४६ बजेसम्म, त्यसपछि बृद्धि योग, नाग करण, दिउँसो १२:०४ बजेसम्म त्यसपछि किंस्तुघ्न करण, आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, खण्डग्रास सूर्यग्रहण, चूडामणि योग

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमी÷प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मुद्दामामिला र अड्डाअदालतको काममा बिलम्ब हुने सम्भावना छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यानकेन्द्रित हुँदैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विद्यार्थीका लागि सकारात्मक दिन नै रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नु हुँदैन । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।