0 COMMENTS

काठमाडौं ०५असार०७७। चन्द्रसूर्य अंकित नेपालको झण्डा जलाउनेहरु स्वयं जलेर भष्म हुने शिव सेना नेपालले चेतावनी दिएको छ ।

शिव सेनाका अध्यक्ष अनिल बस्नेत बाबाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालको झण्डा जलाउँदैमा नेपाली शान र स्वाभिमान कहिले पनि समाप्त नहुने जनाएका छन् । अध्यक्ष बस्नेतले विज्ञप्तिमा भनेका छन्, ‘चन्द्रसूर्य जसरी अविनाशी छ, यो राष्ट्रको झन्डा, स्वाधिनता, अखण्डता पनि अविनाशी छ । सूर्य जलाउन खोज्नेहरु आफैं जल्छन् ।’

नेपालीहरुको शान झन्डा जो कोहीले जहाँ सुकै जलाएको भए पनि त्यस्तो कार्य गर्नेहरु मानसिक रोगी भएको सो पार्टीले जनाएको छ । यस्तो आपराधिक क्रियाकलपा गर्नेहरुले अवस्य पनि दण्ड पाउने शिव सेनाको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।